२१ कात्तिक २०८३, शनिवार

राष्ट्रपतिसँगै उपरखुट्टी लगाएर बस्ने यी कस्ता मन्त्री ?

२०७२ जेठ १४, बिहिबार
राष्ट्रपतिसँगै उपरखुट्टी लगाएर बस्ने यी कस्ता मन्त्री ?

काठमाडौं । अर्थमन्त्री रामशरण महत संसदीय राजनीतिमा छुद्र तर हक्की स्वभावका मानिन्छन् । महतलाई नजिकबाट बुझ्नेहरु उनलाई ‘डन’ स्वभावका मन्त्रीका रुपमा बुझ्छन् । उनको डनगिरि विभिन्न चरणमा नदेखिएको भने होइन । प्रधानमन्त्री सुशिल कोइरालामाथि हैकम जमाउँदै आएका उनी मन्त्री परिषद् भित्रै दादागिरि गर्छन् । उनको दादागिरिको परिसूचक बेलाबेला उच्च हुने गर्दछ । पछिल्लो समय राष्ट्रपति रामवरण अगाडिसमेत आफ्नो हर्कत देखाएका छन् ।

मर्यादाको सामान्य नियम अनुसार राष्ट्रपतिसँगै एउटै कुर्सीमा बस्ने अधिकार कुनै पनि मन्त्रीलाई हुँदैन । राष्ट्रपति सँग प्रधानन्यायाधिस र प्रधानमन्त्री मात्रै बस्न पाउँछन् । मन्त्रीहरुले राष्ट्रपतिभन्दा पछिल्लो तहमा बस्नुपर्ने प्रावधान हुन्छ । तर बुधबार भने फरक दृष्य देखियो । सैनिक मुख्यालय जंगीअड्डामा सेनाको क्षती बुझ्न राष्ट्रपति रामवरण यादव पुगेका थिए । सँगै अर्थमन्त्री रामशरण महत पनि थिए । राष्ट्रपतिलाई दायाँ पारेर अर्थमन्त्री रामशरण महत बसे । सँगै रहेका राष्ट्रपति यादव दुबै खुट्टा तल राखी मर्यादित भएर बसेको देखिन्छ । सामान्य जिउडालको समेत ख्याल नगरि उपरखुट्टी लगाएर बसेका उनले राष्ट्रपतिसँगै जंगीअड्डामा सेनापतिबाट क्षती विवरण सुने ।

राष्ट्रपतिसँगै उपरखुट्टी लगाएर बसेको असहज दृष्य हेर्न राष्ट्रपति कार्यालयका मर्यादा पालकसमेत बाध्य भए । ‘मन्त्रीज्यू जस्तो मान्छेलाई हामीले कसरी सम्झाउनु, सम्झायो भने पनि हप्काइहाल्नु हुन्छ की जस्तो लाग्छ ।’ एक मर्यादा पालकले भने ‘मन्त्रीहरुले राष्ट्रपतिज्यूसँग त्यसरी बस्न मिल्दैनँ ।’

राष्ट्रपतिका कानुनी सल्लाहकार ललित बस्नेत मन्त्रीहरुले मर्यादा ख्याल गर्नुपर्ने बताउँछन् । ‘कहिलेकाहिँ अस्वभाविक रुपमा गल्तीहरु हुन्छन्,’ उनी भन्छन् – ‘तर रामशरण महत मर्यादाको ख्याल गर्ने मन्त्री हुन् हिजो कसरी त्यस्तो देखियो मलाई थाहा भएन ।’

एमाले तर्फबाट वर्तमान सरकारका एक मन्त्रीका अनुसार मन्त्रीपरिषद्को बैठकमा समेत अर्थमन्त्री महतले मर्यादाको ख्यालै गर्दैनन् । ‘प्रधानमन्त्रीज्यूलाई पनि ठाडो स्वभाव गर्नुहुन्छ ।’ ती मन्त्रीले भने – ‘प्रधानमन्त्रीज्यू, महतको हप्की सुन्ने वित्तिकै स्विकारोक्तिको भावमा टाउको हल्लाइहाल्नुुहुन्छ ।’

याे समाचारलाइ हामीले खबरडबली अनलाइनबाट साभार गरेका हाैं ।

अभिलेख

लोकप्रिय