भारतीय सहकारी इफ्कोको राहत भक्तपुरमा
काठमाडौं । इन्डियन फार्मरस् फर्टिलाईजर को–अपरेटिभ (इफ्को)ले भूकम्प पीडितहरुका लागि पठाइएको राहत भक्तपुरमा वितरण गरिएकाे छ ।
उक्त राहत जिल्ला सहकारी संघ भक्तपुरले जिल्लामा भूकम्पमा परी निधन भएका परिवारलाई बुधबार राहत सामग्री वितरण गरेको हाे ।
इफ्कोद्वारा पठाइएको दशहजार बोरा राहत सामग्री नेपालका भूकम्पपीडितलाई राष्ट्रिय सहकारी संघले जिल्ला संघहरुमार्फत वितरण गरिरहेको छ । भक्तपुरका लागि ५ सय ५९ थान राहत सामग्री दिइएको थियो । संघले जिल्लाभर भूकम्पमा परी निधन भएका ३ सय ६८ मृतकका परिवालाई पहिलो चरणमा वितरण गरिएको र बाँकी सामग्री स्थानिय सहकारीको सहकार्यमा ताथली गाविसका अति प्रभावित र विपन्न परिवारलाई प्रदान गरिने संघका अध्यक्ष सुरेन्द्रप्रताप शाहले जानकारी दिए ।
राहत सामग्रीमा चामल, दाल, तेल, चिनी, चियापत्ति, बेसार, धुलो दुध, सलाई, मैनबत्ती, नुन, अचार, गेडागुडी, प्लाष्टिक सिट, लत्ता कपडा लगायत १९ प्रकारका सामग्री रहेको संघले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
