राहत अापूर्तिमा सरल पारवहन प्रकृया
काठमाडौं । १२ बैशाखमा गएकाे विनाशकारी भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउन अन्तर्राष्ट्रिय राहत प्रदायक संगठन तथा केही देशका सरकारका लागि भारतले सहज पारवहन प्रक्रिया अपनाएको छ ।
भारत सरकारलाई त्यस्तो अनुरोध गरिएकोले त्यस्ता अनुरोधलाई जाँचबुझ गरी नेपालमा राहत सामग्री आपूर्तिमा सहजिकरण गर्न भारत सरकारको अर्थमन्त्रालय मातहतको अन्तःशुल्क तथा भन्सार सम्बन्धि केन्द्रीय निकाय सीबीईसीले सरल पारवहन प्रकृया अपनाउने निर्णय गरेको भारतीय दूतावसले जनाएको छ ।
सीबीईसीले विदेश सरकार तथा बहुपक्षीय राहत निकाय यूएनडब्लुएफपी, रेडक्रसलगायतको नेपाल आउने राहतका कार्गाेलाई सरल पारवहन प्रकृयाको जानकारी गराइसकेको दूतावसका प्रवक्ता तथा प्रथम सचिव अभय कुमारले जानकारी दिए । अन्तर्राष्ट्रिय राहत निकाय तथा सरकारहरुले पठाएका राहत सम्बन्धि सामग्रीमा नेपाल सरकार तथा भारतस्थित नेपाली राजदूतावास वा महावाणिज्यदूतावासले आधिकारिकता प्रदान गरेपछि सरल पारवहन प्रकृया लागु हुने उनले जानकारी दिए । अन्तर्राष्ट्रिय दात्रृनिकायहरुले भन्सार सहजकर्ता नियुक्त गर्न नचाहेमा आफैले सरल पारवहनको घोषणा गर्नसक्ने सुविधा दिइएको दूतावसले जनाएको छ ।
राहत आपूर्ति सहज गर्नका लागि नेपाल आउने पारवहन कार्गाेमा रहेका राहत सामग्रीमा अन्य साधारण अवस्थामा लागू हुने कुनै पनि बोन्ड, सुरक्षण वा बैंक प्रत्याभूति नलाग्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । भारत नेपाल पारवहन सन्धीअनुसार नेपाल आउने कार्गाेको पारवहन कोलकता÷हल्दीया भन्सार विन्दुबाट मात्र हुने भएपनि राहत सामग्रीका कार्गाेलाई भारत सरकारको दिल्ली, लखनउ, बाराणशी, पटना, कोलकता, बागडोगराका विमानस्थलबाट समेत पारवहन सुविधा दिने भएको छ ।
कन्टेनरका कार्गोहरु दिल्ली तथा कानपुरका आन्तरिक कन्टेनर डिपोहरुबाट समेत नेपालतर्फ लैजान सकिने निर्णय भारतले गरेको छ । भूकम्प पीडित जनतालाई आवश्यक पर्ने राहत सामग्रीको शीघ्र सहज आपूर्ति गराउनको लागि भारत सरकारले यी थप सुविधाहरु प्रदान गरेको प्रवक्ता अभय कुमारले बताए ।
सीबीईसीले सीटीडी विवरण पहिल्यै भर्नसक्ने अनुमति दिनुको साथै भन्सार अधिकारीहरुलाई कार्यालय समय अघिपछि समेत सेवा प्रदान गर्न निर्देशन दिइसकेको बताइएको छ । रक्सौल, जोगबनी, सुनौली, पानीटंकी र नेपालगंज सडकमा रहेका भन्सार कार्यालयमार्फत नेपाल भित्रिने सामग्रीमा सरल पारवहन प्रकृया लागु हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
