अमेरिकन हेलिकप्ट दुर्घटना क्षेत्रमा खोज
काठमाडौं । नेपाली सेनाको एक टोली अमेरिकन मरिन कप्र्सको यूएच–१ वाई हुवे हेलिकप्टर दुर्घटनास्थल पुगी क्षतिग्रस्त अवस्थामा रहेको शवका थप टुक्रा संकलन गरी फर्केको छ। उच्च सैनिक स्रोतका अनुसार सैनिक टोली सोमबार बिहान हेलिकप्टरमार्फत दुर्घटनास्थल सिन्धुपाल्चोकको घोर्थली–३ पुगी शवका थप टुक्रासहित केही पार्टपुर्जा लिएर फर्केको हो।
वैशाख २९ को भूकम्पमा घाइते भई दोलखाको सिंगटीबाट हेलिकप्टर चढेका ५ जना दुर्घटनाग्रस्त हुवेमै परेको हुन सक्ने आफन्तजनको दाबीसहितको समाचार आएपछि सैनिक टोलीले थप खोजतलास सुरु गरेको हो। आफन्तहरूले ती ५ घाइतेलाई अमेरिकी हेलिकप्टरमै चढाएको तर दुई साता बित्न लाग्दासमेत फेला नपरेको कान्तिपुरलाई बताएका छन्। बेपत्ता घाइतेमा लादुक–७ चित्रेका ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन्।
घाइतेका आफन्तजनले भूकम्प आएको दिन दिउँसो २ बजेतिर उद्धार गर्न आएको अमेरिकी हेलिकप्टरमा चढाएको तर काठमाडौं र काभ्रेका सबै अस्पताल चहार्दा पनि यत्तिका दिनसम्म फेला नपरेको बताएका छन्। ‘भूकम्पमा परी घाइते भाइलाई केहीबेरमा आएको अमेरिकी हेलिकप्टरभित्र चढाएका थिए। अरू ४ घाइते पनि थिए,’ हराएका घाइते ध्रुवका दाजु पुनम कटवालले भने, ‘तर अहिलेसम्म कसैको अत्तोपत्तो छैन।’
सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले आफन्तजनको सूचनाका आधारमा मानवअधिकार आयोगले समेत हराएका ५ घाइतेबारे चासो राखेको र आफूहरूले खोजी कार्य जारी राखेको आइतबार बताएका थिए। तर सोमबारको खोजतलास र थप विवरण बुझ्न पटक–पटक सम्पर्क गर्न खोज्दा राति १० बजेसम्म पनि उनी उपलब्ध भएनन्। दोलखाका प्रहरी प्रमुख डीएसपी अजय केसीले पनि अमेरिकी हेलिकप्टरमा चढाएका ५ घाइतेको खोजीका लागि आफन्तजनले दिएको उजुरीका आधारमा छानबिन भइरहेको अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
