२१ कात्तिक २०८३, शनिवार

त्रिपाल मुनिबाट 'सहकारी सेवा'

२०७२ जेठ ९, शनिवार
त्रिपाल मुनिबाट 'सहकारी सेवा'

सन्तोष तिमल्सिना / बनेपा । गत १२ बैशाख र २९ मा गएको विनाशकारी भुकम्पबाट सहकारीकाे कार्यालयमा क्षति पुगेपछि काभ्रेका केही सहकारी संघ/संस्थाले त्रिपाल मुनिबाट सेवा दिन थालेका छन ।

१२ वैशाखमा गएको विनाशकारी भुकम्पबाट आंशिक क्षती पुगेका सहकारी संस्थाका कार्यलयहरु २९ को भूकम्पले चर्किएपछि कार्यालयको पार्किङ्गस्थलमा त्रिपाल राखी यहाँका सहकारी संस्थाहरुले कारोवार गर्न थालेका हुन ।

काभ्रेको बनेपामा रहेका बैंक तथा वित्तिय संघ/संस्थाहरुको कार्यालय रहेका घरमा आंक्षिक क्षती भई कार्यालयहरु बन्द रहेको अवस्थामा काभ्रेको विन्धवासिनी बचत सहकारी संस्था, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था र युवा बचत तथा ऋण सहकारी संस्थाले त्रिपाल मुनिबाट नै शेयर सदस्यहरुलाई वित्तिय सेवा प्रदान गर्दै आएका छन ।

वैशाख १२ गतेको भुकम्पबाट कार्यालयमा समान्य क्षती भए पनि सोही कार्यालयबाट नै कारोवार गर्दै आएको र वैशाख २९ गतेको अर्को भुकम्पले घर चर्किएर बस्न नमिल्ने भएकाले अस्थायी सेवा कार्यालय संचालन गरी वित्तिय सेवा सुचारु गरिएको काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ज्ञानेन्द्र दाहाले जानकारी दिए ।

बैंक तथा सहकारी संस्थाहरुको शहर भनेर चिनिने बनेपमा अवस्थित बैंक तथा वित्तिय संस्थाहरु भुकम्पका कारण कार्यालयहरुमा क्षती पुगेपछि पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । बनेपामा बैंक तथा वित्तिय संघ/संस्थाहरु भुकम्पबाट प्रभावित भई सुरक्षित ठाँउमा कार्यालय स्थानन्तरण गर्ने कार्यमा लागे पछि वित्तिय सेवा समेत प्रभावित भएको छ । भुकम्पबाट पिडित सदस्यहरुलाई विन्धवासिनी बचत सहकारी संस्थाले वैशाख १५ गतेदेखी कार्यालय संचालन गरी सदस्यहरुलाई निरन्तर रुपमा सेवा प्रदान गर्दै आएको संस्थाका प्रमुख ब्यावस्थापक खिल बहादुर स्याङ्तानले बताए । वैशाख २९ गतेको भुकम्पका कारण कार्यालय चर्किएर खतरायुक्त भएपछि वैशाख ३० गते देखी नै  कार्यालयको पार्किङ्गस्थलमा त्रिपाल हालेर दैनिक २ सय भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

विन्धवासिनीले शेयर सदस्यहरु बचत संकलन, बचत फिर्ता, लघुवित्त कार्यक्रम र आकस्मिक ऋण लगायतका कार्यहरु त्रिपालबाट नै संचालन गर्दै आएको छ । भुकम्पबाट पूर्ण तथा आंशिक रुपमा घर गोठ क्षती भएका भुकम्पबाट घाईते भएका शेयर सदस्यहरुलाई ५ प्रतिशत ब्याजदरमा आकस्मिक कर्जा प्रदान गर्दै आएको छ । संस्थाको बैकिङ्ग कार्यालय बनेपाले भुकम्प पिडित ३ सय जना भन्दा बढी शेयर सदस्यहरुलाई आकस्मिक कर्जा प्रदान गरी सकेको बैकिङ्ग कार्यालय बनेपाका कार्यालय ब्यावस्थापक राजेन्द्र श्रेष्ठले बताए ।

अभिलेख

लोकप्रिय