२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय संघ छाड्दै जिल्ला सहकारी संघ काठमाडौं

२०७२ जेठ ४, सोमबार
राष्ट्रिय संघ छाड्दै जिल्ला सहकारी संघ काठमाडौं

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघसँग सम्बन्ध तोड्ने भएको छ ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेक प्रसाद चौलागाईले सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रिय संघसँगको नाता तोड्ने उल्लेख गरेका छन् ।

उनले फेसबुकमा पोष्ट गरेका छन् ‘अन्तराष्ट्रियस्तरको सहकारी निकायहरुको सदस्यताको प्रक्रियामा अघि बढीरहेको बेलामा राष्ट्रिय सहकारी संघसँगकोे नाता भने तोड्ने तयारीमा हामीहरु ।’

यही विषयलाई लिएर जिल्ला सहकारीले पत्रकार सम्मेलन नै गरेर सम्बन्ध तोडेको विषयमा जानकारी गराउने भएको छ ।

tek sir

अभिलेख

लोकप्रिय