२१ कात्तिक २०८३, शनिवार

सदस्यलाई व्यावसायिक बनाउँदै विकू

२०७२ जेठ १, शुक्रबार
सदस्यलाई व्यावसायिक बनाउँदै विकू

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई व्यावसायिक बनाई आत्मर्निभर बनाउने उद्देश्यले नि:शुल्क सिपमुलक तालिम बुधबारबाट शुरु गरेको छ ।

संस्थाको वार्षिक कार्यक्रम अनुसार व्यावसायिक तथा सिपमुलक तालिम केन्द्र, बुटवल संगको साझेदारी तथा आईडियल ईन्जिनियरिङ्ग एण्ड कस्ट्रक्सन सर्भिसेजको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो ।

४५ दिने ग्रामीण कृषि कार्यकर्ता तालिम र ३५ दिने सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता तालिममा गैडाकोट, मुकुन्दपुर, अमरापुरी, र कावासोती क्षेत्रवाट गरि एक सय २५ जना सदस्यको सहभागीता रहेको छ ।

मुकुन्दपुर, अमरापुरी र कावासोती शुरु भएको तालिमको उद्घाटन व्यावसायिक तथा सिपमुलक तालिमकेन्द्र बुटवलका केन्द्र प्रमुख बालकृष्ण पौडेलले गरे । उद्घाटन कार्यक्रमको अध्यक्षता विकूका अध्यक्ष हरिलाल सापकोटाले गरेका थिए । कार्यक्रममा बोल्दै पौडेलले सहभागीहरुलाई शिप तथा ज्ञान हासिल गरि व्यवहारीक जिवनमा प्रयोगमा उतार्न आग्रह गरे ।

त्यसैगरि विकूका अध्यक्ष सापकोटाले सुखमय जीवनकालागि शिप आवश्यक पर्ने भएकाले विकूले विभिन्न समयमा फरक फरक प्रकृतिका तालिमहरु सञ्चालन गरिरहेको बताए । ‘व्यवसायीक तथा शिप मुलक तालिमका माध्यामवाट आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउने अभियानमा विकू रहेको छ ।’ उनले भने । तालिमलाई अवसरको रुपमा लिई उपलव्धीमुलक बनाउन सापकोटाको आग्रह थियो ।

अभिलेख

लोकप्रिय