२१ कात्तिक २०८३, शनिवार

भूकम्पको धक्का : विष्णुहरि पौडेलको रचना

२०७२ वैशाख २९, मङ्गलबार
भूकम्पको धक्का : विष्णुहरि पौडेलको रचना

भूकम्पले  हमेशा जाग्ने बनायो ।

राखेन  केही माग्ने बनायो ।।
 
भनेन  पाको कलिलो उमेरको ।
के  गाउँ  के शहर चिहान बनायो ।।
 
धन  जन  लडायो सबै मन डढायो ।
यी  हर  नयनबाट आँसू वहायो ।।
 
सपना  बिलाए निराशाले छायो ।
सँधै  मनमा दुख्ने घाउ बनायो ।।
 
जीवन  भरिको मिहिनेत परिश्रम ।
निमेष  भरमा खरानी बनायो ।।
 
करोडपतिका  बंगला लडायो ।
क्यै   बेरमा नै कंगाल बनायो ।।
 
झंटी   रहेछ के दिन साँझ, रात ।
पात  हल्ले पनि झस्किने बनायो ।।
 
लुट्यो  अस्मिता कसिङ्गर बनायो ।
यो  ताण्डव लीलाले अलख जगायो ।
 
मिसकल  दिएन सिग्नल दिएन ।
मध्यान्ह  पारेर महाकाल छायो ।।
भूकम्पले  हमेशा जाग्ने बनायो ।    
राखेन  केही माग्ने बनायो ।।
(विष्णुहरि पौडेलको फेसबुकबाट)

अभिलेख

लोकप्रिय