२१ कात्तिक २०८३, शनिवार

भुकम्प पीडितलाई केदारनाथ साकोसको सहयोग

२०७२ वैशाख २७, आईतवार
भुकम्प पीडितलाई केदारनाथ साकोसको सहयोग

दार्चुला । अपि नगरपालीका ११ स्थित श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था (साकोस)ले भुकम्प पीडितहरुको उद्धारकालागि आर्थिक सहयोग गरेको छ ।

संस्थाले २२ हजार २ सय २२ रुपैंया संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो । संस्थाले संस्था विकास कोषबाट ८ हजार ४७ रुपैंया, सदस्य पारभती जोशीबाट ५ हजार रुपैंया, सदस्य सरस्वती जोशीबाट ५ हजार रुपैंया, कर्चचारीहरुको एक दिनको तलब बापत २ हजार १ सय ६४, संचालक समितिको बैठक खाजा खर्चबाट ९ सय रुपैंया र संस्थाका प्रवन्धक धनराज जोशीबाट १ हजार १ सय ११ रुपैंया संकलन गरी कोषमा जम्मा गरेको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय