३० जना विद्यार्थीहरुलाई विकूको ४ लाख बराबरको दिर्घकालिन छात्रबृत्ति
नवलपरासी । विकू बचत तथा ऋण सहकारी सस्थाले ३० जना गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
शनिवार एक कार्यक्रमको बीच विकूको वार्षिक छात्रबृत्ति बितरण कार्यक्रम अन्तर्गत शैक्षिक सत्रको सुरुवातमै विकूुले करिब ४ लाख बराबरको छात्रबृत्ति प्रदान गरेको हो । संस्थाले साविक गैडाकोट, मुकुन्दपसर, अमरापुरी र कावासोति, शिवमन्दिर क्षेत्रका सेयर सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलले यस्ता किसिमका छात्रबृत्तिले बिधार्थीको पढाईमा सहजता थपिने भन्दै समाज विकास र रुपान्तरणमा बिकुले पुर्याएको योगदानको प्रशसां गरे ।
विकुका सस्थापक अध्यक्ष खेमराज सापकोटाले सहकारीका माध्यमद्धारा देशलाई आत्मनिर्भर बनाउनतर्फ सबैले जोड दिनुपर्ने बताए । छात्रबृत्ति पाउने विद्यार्थीहरुको तर्फबाट लक्ष्मी उच्च मावि कक्षा ९ मा अध्ययनरत दिवस पौडेलले विकले प्रदान गरेको छात्रबृत्ति एस.एल.सि बाट बढाएर उच्च माध्ययमिक तहसम्म पुर्याउनका लागि आग्रह गरे । कार्यक्रमको समापन गर्र्दै सस्थाका अध्यक्ष हरिलाल सापकोटाले सहकारीका ७ सिद्धान्त अनुसार सस्था अगाडी वढेकाले नै सस्थाले आफ्नो छवि उचो राख्न सफल भएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
