भुकम्प पीडितलाई साना किसान डुमरवानाको राहत
बारा । बैशाख १२ गते गएको विनाशकारी भुकम्पमापरि ज्यान गुमाएका तथा घरबार विहिन परिवारका लागि साना किसान कृषि सहकारी संस्था, डुमरवानाले २ लाख ७१ हजार ८५ रुपैंयाको राहत वितरण गरेको छ ।
त्यस्तै संस्थाले सदस्यलाई पर्ने समस्या र पीडामा राहत दिनको लागि ‘सदस्य स्वास्थ्य तथा प्राकृतिक प्रकोप राहतकोष’ को स्थापना गरेको छ । सदस्यहरु प्राकृतिक प्रकोप र स्वास्थ्य समस्याबाट पिडित भएको अवस्थामा उद्धार गर्ने हेतुले ५ लाख बराबरको उक्त राहत कोष स्थापना गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।
कोषको बृद्धिकालागि प्रत्येक सदस्यहरुबाट एक सय, संचालक, लेखा, कर्मचारी सबैबाट एक/एक दिनको बैठक भत्ता, पारिश्रमिक तथा तलब बरावरको रकम सहयोगको लागि आग्रह गरिएको उनले बताए । कोषलाई १५ लाखको पुर्याउने र विउ पूँजीबाट कहिल्यै पनि घट्न नदिने लक्ष्य राखिएको अध्यक्ष न्यौपानेले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
