२१ कात्तिक २०८३, शनिवार

हातेमालो सहकारीले भूकम्पपिडितको राहतलाई एक लाख पुर्याउने

२०७२ वैशाख २६, शनिवार
हातेमालो सहकारीले भूकम्पपिडितको राहतलाई एक लाख पुर्याउने

बारा । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले भूकम्पपिडितको राहत र पुर्नव्यवस्थापनकालागि सहयोग एक लाख रुपैंया पुर्याउने निर्णय गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको १०५ औं पूर्ण वैठकले उक्त निर्णय गरेको हो ।

संस्थाले यसअघि जिल्ला सहकारी समन्वय सञ्जालमार्फत अठसठी हजार रुपैया सहयोग गरिसकेको छ । थप रकमका लागि सञ्चालकहरुले दुई पटकको वैैठक भत्ता र कर्मचारीहरुले दुई दिनको तलव थप गर्ने निर्णय गरेको हो । राहतका लागि सबै सदस्यहरुबाट न्यूनतम पन्ध्र रुपंैया सहयोगका लागि आह्वान गरेको छ ।

संस्थाले स्थापना गरेको दैवीप्रकोप पिडित राहत कोषमा दानपेटिकामार्फत उपलव्ध गराउन अनुरोध गरेको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । संस्थाले स्थायी रुपमा दैवी प्रकोपपिडित र असहाय राहत कोष र दानपेटिका राख्ने व्यवस्थासमेत मिलाएको उनले बताए ।

अभिलेख

लोकप्रिय