२१ कात्तिक २०८३, शनिवार

तामाकोसीको काम रोकियो

२०७२ वैशाख २५, शुक्रबार
तामाकोसीको काम रोकियो

दोलखा । लामो मजदूर हडतालको मार पछि गति लिन लागेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम फेरि अनिश्चित कालका लागि बन्द भएको छ ।

काममा व्यस्त विदेशी ठेकेदार कम्पनीका मजदूरहरु भुकम्पपछि आयोजना क्षेत्रको अवस्था देखेर डराउदै हिडेपछि काम रोकिएको हो । निरन्तर पहिरो खसिरहेको र काम गर्न जोखिम भएपछि चिनियाँ र भारतीय कामदारहरु स्वदेश फर्किएकाले काम रोकिएको आयोजनाका प्रवक्त गणेश न्यौपानेले बताए ।

महाभुकम्पको झट्काले आयोजनाको मुख्य कार्यालय रहेको गोंगरको पहाड खस्दा कार्यरत मजदूर कर्मचारीहरु आतङ्कित भएका थिए । लामावगरदेखि गोंगर क्षेत्रको भूगोल चिराचिरा परेको र पटकपटक पहिरो गैरहेकाले जोखिम बढेपछि करिब ३ सय चिनियाँ मजदूरहरु काम छाडेर हिडेका थिए । ‘पुरानाहरु डराएका भए नयाँ साथीहरु ल्याएर पनि काम गर्नु भन्ने सुझाव दिएका छौ ।’ आयोजनाका प्रवक्ता न्यौपानेले सिभिलतर्फको ठेक्का लिएका चिनियाँ कम्पनी सिनो हाइड्रो कम्पनीलाई सुझाउदा पनि काम स्थगित गरेको जानकारी दिए ।

हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फको भारतीय मजदूर पनि डरले स्वदेश फिरेपछि त्यो कामहरु पनि रोकिएको छ । सिमित प्रशानिक कार्य र प्रसारण लाइनको काम भने जेनतेन चलिरहेको उनले बताए । उनले जिल्ला दैवि प्रकोप उद्धार समिति बैठकमा काम नभए पछि आयोजनामा कार्यरत करिब ६० जना इन्जिनियरहरुलाई भुकम्पले क्षेती गरेको संरचना अध्ययन र पुनर्निमाणको काममा लगाउने तयारी गरेको प्रस्ताव गरिएको छ । आयोजनाको काम कम्तीमा पनि १५ दिन बन्द रहने अनुमान  गरेकाे अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय