२१ कात्तिक २०८३, शनिवार

सेयर बजार खुलाउने तयारी

२०७२ वैशाख २५, शुक्रबार
सेयर बजार खुलाउने तयारी

काठमाडौं । भूकम्पका कारण बन्द सेयर बजार खुलाउने तयारी नेपाल स्टक एक्सचेन्जले गरेको छ । भूकम्पको कारण दुई सातादेखि सेयर बजार बन्द भएपछि नेप्सेले शुक्रबार सरोकारवालाको बैठक राखेको छ । नेपाल स्टक एक्स्चेन्जको महाप्रबन्धक सीताराम थपलियाले सरोकारवालाहरूसँग बैठक बस्ने कार्यक्रम रहेको बताए । सरोकारवालासँग सेयर बजार खुलाउनेसम्बन्धी छलफलले जे निर्णय गर्छ त्यहीअनुसार काम अघि बढ्ने पनि नेप्से अधिकारीले बताएका छन् ।
छलफलमा नेप्से, सेयर दलाल, आरटिएस, बैंक तथा वित्तीय संस्था, निक्षेप सदस्य, सिडीएस एन्ड क्लेरिङ लिमिटेडलगायतको सहभागिता रहने भएको छ । विनाशकारी भूकम्पले केही सेयर दलाल र आरटिएसहरूको कार्यालयमा क्षति पुगेको छ ।
सेयर दलाल र आरटिएसहरूको कार्यालयमा आएको क्षतिका कारण पनि सेयर बजार खुल्न केही समय लाग्ने आँकलन योभन्दा अघि नेप्सेले गरेको थियो । यता सेयर बजार खुले पनि बजार ओरालो लाग्ने खतरा भएको एक सेयर दलालले बताए । ‘भूकम्पको त्रासले गर्दा सेयर बजार खुल्दा ओरालो लाग्ने खतरा रहेको उनको भनाइ थियो ।
यो समयमा ठूलो कारोबार हुन सक्ने सम्भावना ज्यादै कम छ । यस्तो अवस्थामा लगानीकर्ताहरूले संयमित भएर बजारमा लगानी गर्नुपर्छ । नेप्सेले पनि बजारको भावनाअनुसारै परिसूचक तलमाथि हुने बताउँदै सतर्क हुन आग्रह गरेको अाजकाे साैर्य दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय