२१ कात्तिक २०८३, शनिवार

भूकम्पमा परी ज्यान गुमाउनेको सम्झना

२०७२ वैशाख २४, बिहिबार
भूकम्पमा परी ज्यान गुमाउनेको सम्झना

काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको १३ अाैं दिनको सम्झनामा आज देशका विभिन्न भागमा मैनबत्ति बालिएको छ ।

ज्यान गुमाउनेहरुको सम्झनामा आज राजधानीको सुनधारा, बौद्ध, माइतीघर, दरबारस्क्वायर, गौशाला, कोटेश्वर, कलंकी, गोंगबु र देशका अन्य स्थानमा समेत मैनबत्ति बालिएको थियो ।

भूकम्पले ऐतिहासिक धरहरादेखि, परातात्तिक महत्वका मठ मन्दिर, दरबार र आम जनताका घरहरु भत्काएको थियो ।

उक्त अबसरमा बृद्धबृद्धा, ससाना बालबालिका, कलाकार, पत्रकार, नागरिक समाज, मजदूर, वकिल, नेता र सर्वसाधारणको स्वतस्फूर्त सहभागिता थियो ।

tirsana

अभिलेख

लोकप्रिय