२१ कात्तिक २०८३, शनिवार

सहकारी अध्यादेश जारी भएको २६ दिन पछि विरोध, खारेज माग (विज्ञप्ति सहित)

२०७२ वैशाख २४, बिहिबार
सहकारी अध्यादेश जारी भएको २६ दिन पछि विरोध, खारेज माग (विज्ञप्ति सहित)

सहकारी ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश (पूर्ण पाठ सहित) 

काठमाडौं । सरकारले अध्यादेश मार्फत सहकारी ऐनको दोस्रो संशोधन गरेको २६ दिन पछि सहकारी संघ/संस्थाको अभिभावक निकाय राष्ट्रिय सहकारी संघले ध्यानाकर्षण जनाएको छ । सरकारले २०७१ चैत २९ गते सार्वजनिक खरिद ऐन र सहकारी सम्बन्धी ऐन संसोधन विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो ।

संघले बिहिबार प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण जनाएको हो । संघका अध्यक्ष केशव प्रसाद वडालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सहकारी अभियान लगायत सरोकारवाला निकायहरूस“ग कुनै परामर्श नै नगरी अध्यादेश मार्फत सहकारी ऐनको संशोधन गरेको र संसोधित ऐनका कतिपय दफाहरूले सहकारी अभियानलाई नैं संकुचित वनाउने देखिएकोले उक्त अध्यादेश खारेजका लागि जोडदार माग गर्दछौं ।’

अध्यादेश नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रिपति डा. रामवरण यादवबाट जारी भएको हो । अध्यादेश नेपाल राजपत्रमा समेत प्रकाशित भैसकेको छ ।

विज्ञप्ति पढ्नुस

press release

के छ अध्यादेशमा ?
यो पनि पढ्नुस्….

अभिलेख

लोकप्रिय