२१ कात्तिक २०८३, शनिवार

बाराली सहकारी अभियानद्वारा राहत वितरण

२०७२ वैशाख २४, बिहिबार
बाराली सहकारी अभियानद्वारा राहत  वितरण

बारा । जिल्लाका सहकारी संघसंस्थाहरु र डुमरवानाका सामाजिक संघसंस्थाहरुले महाभूकम्पका मृतक परिवारहरुलाई काजकिरिया खर्चस्वरुप १५ हजार एक सय रुपैंया र खाद्य तथा दैनिक उपभोगका सामाग्रीहरु राहत उपलव्ध गराएको छ ।

भूकम्पमा परी निधन भएका लाल रतनपुरीका ठुलीमाया स्याङतान, भरतगंज सिंगोलका गणेश लोप्चन, निजगढका बाबुराम राउत र विनिषा चौलागाईको परिवारलाई भेटी समवेदनासहित नगद र राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्याङतानको आफ्नै घर लालमा, लोप्चनको मेलम्चीमा, लोप्चनको काठमाण्डौंमा र विनिषा चौलागाईको काभ्रेपलाञ्चोकमा आफन्तकहां बैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो । राहत रकम र सामाग्री स्याङतानका भाइ चन्द्रबहादुर व्लोन, लोप्चनका पिता गणेश लोप्चन, राउतका काका बद्रि राउत र छ वर्षीय छोरा प्रतीक राउत र चौलागाईका पति सन्तोष चौलागाईलाई हस्तान्तरण गरिएको छ ।

बारा सहकारी अभियानले भुकम्पपिडितहरुलाई राहतका लागि जिल्लामा विभिन्न प्रकृतिका सहकारी संघसंस्थाहरु र डुमरवानास्थित जनसेवा क्लव, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिलगायतले नगद तथा खाद्य सामाग्री गरी दश लाख रुपैया बराबरको संकलन गरेका छन् । यसअघि छिमेकी जिल्लाको विकट गाविस फाखेलका अतिप्रभावित विपन्न १ सय ५० परिवारलाई राहत वितरण गरेको थियो ।

बारा जिल्लामै निधन भएका र जिल्लामा स्थायी बसोबास भएका तर अन्यत्र निधन भएका गरी करीव एक दर्जन परिवारलाई राहत उपलव्ध गराउने कार्यक्रम रहेको भूकम्पपिडित राहत संकलन तथा वितरण सहकारी संयोजन समितिका संयोजक कृष्ण पौडेलले जानकारी दिए ।

अभिलेख

लोकप्रिय