भूकम्प पीडितलाई 'दिदी बहिनी'काे सहयाेग
म्याग्दी ।बेनीबजारस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले भूकम्प पीडितलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग रकम संस्थाकी अध्यक्ष जमुना आर्चाय, सचिव विष्णु सापकोटा, कोषाध्यक्ष जगत कुमारी बानियाँ, शिक्षा उप समितिका संयाेजक सञ्जु बरुवाल र प्रवन्धक रोजिना क्षत्रि (राई)ले जिल्ला प्रशासन कार्यालयमा विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
त्यस्तै संस्थाका सेयर सदस्य अनिता मल्ल (केशी)काे घरमा क्षति पुगेकाले संस्थाले राहत स्वरुप ५ हजार सहयाेग गर्ने अध्यक्ष अाचार्यले सहकारीखबरलाई जानकारी दिइन ।
सहकारीले उपलब्ध गराएको रकम बेनी नगरपालिका–१ रत्नेचौरमा वितरणका लागि समेत अनुरोध गरेको अध्यक्ष अाचार्यले बताइन । यस संस्थाले आर्थिक कारोबार सँगै सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
