२१ कात्तिक २०८३, शनिवार

राहत बितरणकालागि अध्ययन तथा अनुगमन टोली

२०७२ वैशाख २३, बुधबार
राहत बितरणकालागि अध्ययन तथा अनुगमन टोली

विरगंज । जिल्ला सहकारी समन्वय संञ्जाल पर्सा र पर्सा जिल्लाका विभिन्न सहकारीकर्मीहरुको सयुक्त भेला भुकम्प पिडितहरुलाई राहत वितरणको लागी ७ सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको छ ।

टोलिमा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका सचिव पन्नालाल महतो, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष नरेश जयसवाल, राष्ट्रिय सहकारी बैंक विरगंजका शाखा प्रमुख युवराज त्रिपाठी, अनमोल साकोसका व्यवस्थापक सविर अलि, भगवती साकोसका विरगंजका रामनिवास देहाती, उपकार साकोस विरगंजका अध्यक्ष त्रिलोकनाथ लाल कर्ण र सिर्जनशिल महिला बहुउद्धेशिय सहकारी संस्थाका व्यवस्थापक ईन्द्रा सिंह रहेका छन् ।

त्यस्तै उक्त टोलिले भुकम्पबाट घाईते भई उपचारार्थ रहेको भुकम्प पिडित विरामीहरुलाई नारायणी उप–क्षेत्रिय अस्पताल विरगंज र नेशनल मेडिकल कलेज विरगंजमा स्थलगत निरिक्षण गरि भेटघाट समेत गरेको छ ।

जिल्ला सहकारी समन्वय संञ्जाल पर्सा र पर्सा जिल्लाका सहकारी संघ÷संस्थाहरुले हाल सम्म ५ लाख १६ हजार ४२ रुपैंया रकम संकलन गरिसकेको छ । साथै सञ्जालले भुकम्पबाट पिडित भएका व्यक्तिहरुलाई धन जनको क्षतिको विवरण सहित आफु आवद्ध भएको सहकारी संस्था वा वचत तथा ऋण सहकारी संघ पर्सा वा राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय विरगंजमा यथाशिघ्र सम्पर्क राख्न अनुरोध समेत गरेको छ ।

अभिलेख

लोकप्रिय