२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितलाई 'दिदी बहिनी'काे सहयाेग

२०७२ वैशाख २३, बुधबार
भूकम्प पीडितलाई 'दिदी बहिनी'काे सहयाेग

म्याग्दी ।बेनीबजारस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले भूकम्प पीडितलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकम संस्थाकी अध्यक्ष जमुना आर्चाय, सचिव विष्णु सापकोटा, कोषाध्यक्ष जगत कुमारी बानियाँ, शिक्षा उप समितिका संयाेजक सञ्जु बरुवाल र प्रवन्धक रोजिना क्षत्रि (राई)ले जिल्ला प्रशासन कार्यालयमा विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

त्यस्तै संस्थाका सेयर सदस्य अनिता मल्ल (केशी)काे घरमा क्षति पुगेकाले संस्थाले राहत स्वरुप ५ हजार सहयाेग गर्ने अध्यक्ष अाचार्यले सहकारीखबरलाई जानकारी दिइन ।

सहकारीले उपलब्ध गराएको रकम बेनी नगरपालिका–१ रत्नेचौरमा वितरणका लागि समेत अनुरोध गरेको अध्यक्ष अाचार्यले बताइन । यस संस्थाले आर्थिक कारोबार सँगै सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको छ ।

अभिलेख

लोकप्रिय