आन्तरिक राजस्व विभागकाे सहयाेग
काठमाडौं । भूकम्पबाट पीडित नेपाली जनताकालागि आन्तरिक राजस्व विभागले चालु आ.व. २०७१/०७२ को विनियोजित बजेट रकम मध्ये २० करोड रुपैया फिर्ता गरेको छ ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट भूकम्पबाट प्रभावित नागरिकको खर्च, उद्दार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन ठूलो रकमको आवश्यकता पर्ने र सो रकम सम्भव भएसम्म चालु वर्षको विनियोजित बजेटबाटै गर्न सबै मन्त्रालयलाई के कति रकम वचत हुन सक्छ भनी सार्वजनिक परिपत्र गरिएको थियो ।
विभागले देशमा भएको गम्भिर परिस्थितिलाई मध्यनजर गर्दै विभागलाई विनियोजित बजेटको चालु खर्चतर्फ कटौती गर्दै २० करोड अर्थ मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको हो । विभागले यसपूर्वनै विभाग तथा मातहतका ४५ कार्यालयहरुका १ हजार तीन सय ५४ कर्मचारीबाट राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख ३४ हजार जम्मा गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
