भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ५ सय ५७ पुग्याे (अपडेट)
काठमाडौँ । विनाशकारी भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ५ सय ५७ पुगेको छ । गृहमन्त्रालयले आज केहीबेर अगाडि उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५ सय ३६ पुगेको छ ।
यस अवधिमा १० हजार ७ सय १८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७ सय ४१ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार १ सय ६२ घर आंशिक क्षति भएको छ ।
जनगणना २०६८ का अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २ सय २४ घरधुरीमध्ये ७.१५ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ९ सय ११ जना, काठमाडौँमा एक हजार २ सय २ जना र नुवाकोटमा ९ सय ४ जनाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
