२१ कात्तिक २०८३, शनिवार

आन्तरिक राजस्व विभागकाे सहयाेग

२०७२ वैशाख २२, मङ्गलबार
आन्तरिक राजस्व विभागकाे सहयाेग

काठमाडौं । भूकम्पबाट पीडित नेपाली जनताकालागि आन्तरिक राजस्व विभागले चालु आ.व. २०७१/०७२ को विनियोजित बजेट रकम मध्ये २० करोड रुपैया फिर्ता गरेको छ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट भूकम्पबाट प्रभावित नागरिकको खर्च, उद्दार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन ठूलो रकमको आवश्यकता पर्ने र सो रकम सम्भव भएसम्म चालु वर्षको विनियोजित बजेटबाटै गर्न सबै मन्त्रालयलाई के कति रकम वचत हुन सक्छ भनी सार्वजनिक परिपत्र गरिएको थियो ।

विभागले देशमा भएको गम्भिर परिस्थितिलाई मध्यनजर गर्दै विभागलाई विनियोजित बजेटको चालु खर्चतर्फ कटौती गर्दै २० करोड अर्थ मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको हो । विभागले यसपूर्वनै विभाग तथा मातहतका ४५ कार्यालयहरुका १ हजार तीन सय ५४ कर्मचारीबाट राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख ३४ हजार जम्मा गरिसकेको छ ।

अभिलेख

लोकप्रिय