२१ कात्तिक २०८३, शनिवार

'पुनर्निर्माणलाई दसौं अर्ब डलर आवश्यक'

२०७२ वैशाख २१, सोमबार
'पुनर्निर्माणलाई दसौं अर्ब डलर आवश्यक'
काठमाडौं । अर्थमन्त्री रामशरण महतले महाभूकम्पपछि ध्वस्त भौतिक संरचना पुनर्निर्माण तथा पीडितलाई राहत उपलब्ध गराउन दसौं अर्ब अमेरिकी डलरबराबरको सहयोग आवश्यक रहेको बताएका छन्।
style="text-align: justify;">
class="googlead300-content" style="text-align: justify;"> class="story-page-ad"> class="custom"> class="ad-nep">अजरबैजानको बाकुमा आइतबार ‘पार्टनरसिप विथ नेपाल फोरम’ मा बोल्दै मन्त्री महतले उक्त परिमाणबराबरको सहयोग रकम जुटाइदिन विश्व समुदायसँग आग्रह गरेका हुन्। मानवीय सहायताका लागि तत्काल ५० करोड डलर (५० अर्ब रुपैयाँ) आवश्यक रहेको पनि उनले बताए।
class="itemFullText" style="text-align: justify;"> ‘विस्तृत अध्ययनपछि क्षतिको पूर्णविवरण तयार हुन्छ र पुनर्निर्माणका लागि आवश्यक रकम तय हुने छ,’ उनले भने, ‘त्यसपछि वास्तविक तथ्यांक सार्वजनिक गर्नेछौं र हाम्रो माग वास्तविक रूपमा दसौं अर्ब डलरसम्म पुग्ने निश्चित छ। यसमा सहयोग गर्न हाम्रा विकास साझेदारलाई पनि आग्रह गर्दछौं।’
उनका अनुसार भूकम्पपीडितका लागि तथा ध्वस्त भौतिक संरचना पुनर्निर्माणका लागि पहिलो चरणमा २ अर्ब डलर (२ खर्ब रुपैयाँ) बराबरको ‘राष्ट्रिय पुनर्निर्माण कोष’ स्थापना गर्ने निर्णय भएको छ। यो कोषमा सरकारले २० करोड डलर (२० अर्ब रुपैयाँ) बीउ पुँजी राख्ने छ।
‘हामी हाम्रो देश पुनः निर्माण गर्ने छौं, हामी यसलाई अझै उत्कृष्ट बनाउने छौं र हामी यो भवितव्यबाट बलियो भएर बाहिर निस्कने छौं,’ मन्त्री महतले भने, ‘तर, हाम्रो समस्या समाधान गर्न हाम्रा विकास साझेदारबाट मन, वचन र कर्मअनुसार सहयोग हुनुपर्छ।’
मन्त्री महतले आइतबारसम्ममा भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको, १५ हजारभन्दा बढी घाइते भएको, करिब ३ लाख घरमा पूर्ण वा आंशिक क्षति पुगेको, ५ हजार परिवार पूर्णरूपमा घरबारबिहीन भएको तथा १२ लाख परिवार पूर्णप्रभावित भएको जानकारी दिएकाे अाजकाे नागरिक दैनिकमा खबर छ । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/05/04/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%a6%e0%a4%b8%e0%a5%8c%e0%a4%82-%e0%a4%85%e0%a4%b0/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय