कृषि विकास सहकारीले ल्यायाे एक करोडको 'विशेष राहत प्याकेज'
काठमाडौं । सात हजारभन्दा बढीको ज्यान लिइ सकेको विनाशकारी महाभूकम्प गएको एक साता बितिसक्दा समेत भूकम्पबाट पिडितहरुलाई अहिलेसम्म प्रभावकारी राहत दिन नसकिरहेको बेला कृषि विकास बहुउद्देश्यीय सहकारी मार्फत खाद्यन्न, तरकारी र स्वास्थ्य उपचारका लागि विशेष प्याकेजको घोषणा गरिएको छ ।
विनाशकारी भूकम्पपछि पहिलो चरणको उद्धार कार्यसँगै अब पिडितहरुलाई बाँच्न दैनिक उपभोग्य खाद्यन्नलाई प्रभावकारी बनाउन खाद्यन्न, तरकारी लगायतका सामाग्रीको वितरणका लागि कृषि विकास सहकारी, कुमारीपाटी ललितपुर र समिट हस्पिटल प्रा.लि.लोकन्थली भक्तपुरको संयुक्त प्रयासमा विशेष प्याकेजको घोषणा गरिएको हो ।
विशेष प्योकजमा स्वास्थ्य उपचारका लागि समिट अस्पतालले काठमाडौ उपत्यकका सहित विभिन्न जिल्लामा भूकम्पबाट घाइते भएका पिडितहरुलाई शिविर तथा घर मै निशुल्क घुम्ति ( मोबाइल ) टोलीबाट सेवा समेत दिदै आएको सहकारीका अध्यक्ष तेजविक्रम थापाले जानकारी दिए ।
संस्थाले भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्प पिडितहरुलाई खाद्यन्न, तरकारी तथा स्वास्थ्य उपचार लगायतका सम्पूर्ण राहत विशेष प्याकेजका लागि सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । अध्यक्ष थापाले झण्डै एक करोड राशी बराबरको विशेष राहत प्याकेजका लागि विभिन्न संघ संस्थाले समेत सहयोग गरिरहेको जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
