२१ कात्तिक २०८३, शनिवार

भुकम्प पीडितलाई काठमाडौं संघको राहत

२०७२ वैशाख २०, आईतवार
भुकम्प पीडितलाई काठमाडौं संघको राहत

काठमाडौं । गोरखाका भुकम्पपीडितलाई जिल्ला सहकारी संघ काठमाडौंले राहत वितरण गरेको छ ।

शनिवार संघका टोली राहत सहित गोरखाको श्री नाथकोत गाबिस पुगेर राहत वितरण गरेको हो । जिल्ला सहकारी संघ काठमाडौं र अर्मुत आनन्द मार्ग युनिभर्सल रिलिफ ट्रष्टको संयुक्त आयोजनामा भुकम्प पीडितलाई राहत वितरण गरिएको संघले जनाएको छ ।

३ लाख ७ हजार ५ सय बराबरको १ सय ५० थान त्रिपाल तथा विभिन्न खाद्यन्न वितरण गरिएको संघका अध्यक्ष टेकप्रसाद चौलागाईले जानकारी दिए । त्यस्तै अमुर्त टोलीका डाक्टरसहितको टिमले सो क्षेत्रका भुकम्पपीडितको स्वास्थ्य परीक्षण गरेको थियो ।

sahakari sang kathmandu rahat bitaran

अभिलेख

लोकप्रिय