२१ कात्तिक २०८३, शनिवार

कृषि विकास सहकारीले ल्यायाे एक करोडको 'विशेष राहत प्याकेज'

२०७२ वैशाख २०, आईतवार
कृषि विकास सहकारीले ल्यायाे एक करोडको 'विशेष राहत प्याकेज'

काठमाडौं । सात हजारभन्दा बढीको ज्यान लिइ सकेको विनाशकारी महाभूकम्प गएको एक साता बितिसक्दा समेत भूकम्पबाट पिडितहरुलाई अहिलेसम्म प्रभावकारी राहत दिन नसकिरहेको बेला कृषि विकास बहुउद्देश्यीय सहकारी मार्फत खाद्यन्न, तरकारी र स्वास्थ्य उपचारका लागि विशेष प्याकेजको घोषणा गरिएको छ ।

विनाशकारी भूकम्पपछि पहिलो चरणको उद्धार कार्यसँगै अब पिडितहरुलाई बाँच्न दैनिक उपभोग्य खाद्यन्नलाई प्रभावकारी बनाउन खाद्यन्न, तरकारी लगायतका सामाग्रीको वितरणका लागि कृषि विकास सहकारी, कुमारीपाटी ललितपुर र समिट हस्पिटल प्रा.लि.लोकन्थली भक्तपुरको संयुक्त प्रयासमा विशेष प्याकेजको घोषणा गरिएको हो ।

विशेष प्योकजमा स्वास्थ्य उपचारका लागि समिट अस्पतालले काठमाडौ उपत्यकका सहित विभिन्न जिल्लामा भूकम्पबाट घाइते भएका पिडितहरुलाई शिविर तथा घर मै निशुल्क घुम्ति ( मोबाइल ) टोलीबाट सेवा समेत दिदै आएको सहकारीका अध्यक्ष तेजविक्रम थापाले जानकारी दिए ।

संस्थाले भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्प पिडितहरुलाई खाद्यन्न, तरकारी तथा स्वास्थ्य उपचार लगायतका सम्पूर्ण राहत विशेष प्याकेजका लागि सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । अध्यक्ष थापाले झण्डै एक करोड राशी बराबरको विशेष राहत प्याकेजका लागि विभिन्न संघ संस्थाले समेत सहयोग गरिरहेको जानकारी दिए ।

अभिलेख

लोकप्रिय