भुकम्प पिडितलाई साना किसानको सहयोग, करिब ७ लाख संकलन
बारा । गत शनिबार गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाएकाहरु तथा घरबार विहिन परिवारकालागि विभिन्न साना किसान सहकारीबाट ६ लाख ९६ हजार रुपैंया संकलन भएको छ । त्यस्तै हजाराैं रकम बराबरको जिन्सी जम्मा गरिएको छ ।
साना किसान कृषि सहकारी संघ, बाराद्वारा आयोजित राहत संकलन कार्यक्रममा संघमा आवद्ध ११ संस्थाहरुबाट यो रकम संकलन भएको संघले जनाएको छ ।
संकलीत रकम मध्ये ४ लाख ९१ हजारसाना किसान विकास बैंक मार्फत केन्द्रिय स्तरबाट पिडितहरुका लागि वितरण गरिने जनाएो छ । त्यस्तै २ लाख ५ हजार रकम सहकारी संजाल बारा मार्फत बढी प्रभावित छिमेकी जिल्लाका विभिन्न स्थानहरुमा गई खाद्यान्न, लत्ताकपडा र आवास ब्यवस्थापनमा खर्च गरिने साना किसान कृषि सहकारी जिल्ला संघका अध्यक्ष शिव प्रसाद अधिकारीले जानकारी दिए ।
कृषि संघका उपाध्यक्ष मिश्रिलाल सहनिको नेतृत्वमा रामएकवाल चौधरी, कमला कुमारी रिमाल, नयनकला खड्का, शुसिला देवी चौधरी र प्रदिप कुमार ढुङ्गेल रहेको समिति गठन गरी जिल्ला संजाल निर्माणमा सहकार्य गर्ने र उक्त राहत संकलन तथा वितरणको लागि नेतृत्व गर्ने जिम्मेवारी दिईएको छ ।
कार्यक्रममा डिभिजन सरहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम् प्रसाद पोखरेल, साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष शिव प्रसाद अधिकारी, उपाध्यक्ष मिश्रिलाल सहनि, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी डुमरवानाका अध्यक्ष कृष्ण न्यौपाने, मुख्य प्रबन्धक नारायण क्षेत्री, साना किसान कृषि सहकारी मनहर्वाकी अध्यक्ष नयनकला खड्का लगायतको सहभागिता रहेको थियो ।
कुन संस्थाले कति सहयोग गरे
साना किसान कृषि सहकारी संस्था लि.डुमरवाना :- २,३०,०००।
साना किसान कृषि सहकारी संस्था लि.मनहर्वा :- ७५,०००।
साना किसान कृषि सहकारी संस्था लि.फत्तेपुर :- ९०,०००।
साना किसान कृषि सहकारी संस्था लि.इनर्वासिरा :- ७५,०००।
साना किसान कृषि सहकारी संस्था लि.भोडाहा :- ५०,०००।
साना किसान कृषि सहकारी संस्था लि.हरैया :- ७५,०००।
साना किसान कृषि सहकारी संस्था लि.तेतरिया :- ३६,०००।
साना किसान कृषि सहकारी संस्था लि.सपही :- २०,०००।
साना किसान कृषि सहकारी संस्था लि.पर्सौना :- २०,०००।
साना किसान कृषि सहकारी संस्था लि.गजंभवानिपुर :- २०,०००।
साना किसान कृषि सहकारी संघ लि.बारा :- ५,०००।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
