२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख जम्मा गर्ने

२०७२ वैशाख १९, शनिवार
राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख जम्मा गर्ने

काठमाडौं । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्प पीडितको सहयोगकालागि राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा वसेको संघका सञ्चालकहरु, केन्द्रीय सहकारी संघहरू र राष्ट्रिय सहकारी बैकका प्रतिनिधिहरुको आकस्मिक वैठकले सो निर्णय गरेको हो ।

संघले सम्पूर्ण सहकारीकर्मीहरूका साथै आमसमुदायमा मन, वचन र कर्मले भुकम्पबाट पीडित व्यक्तिहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन समेत अपिल गरेको छ । वैठकले सहयोगलाई निरन्तरता दिनका लागि सम्पूर्ण सहकारी संघ संस्थाहरु र राष्ट्रिय सहकारी बैकले प्रतिवद्धता व्यक्त गरेको संघका सञ्चालक तथा सूचना सञ्चार समितिका संयोजक चन्द्र ढकाले जानकारी दिए ।

वैठकले महाभुकम्पबाट पीडितहरूको उद्धारका लागि केन्द्रस्तरमा राष्ट्रिय सहकारी संघ र जिल्ला स्तरमा जिल्ला सहकारी संघका प्रतिनिधिहरुलाई सहभागी गराई यस क्षेत्रको प्रतिनिधित्वका लागि अनुरोध गरेको छ । साथै राष्ट्रिय सहकारी संघको आव्हान अनुसार अन्तराष्ट्रिय सहकारी महासंघ लगायतका अन्तराष्ट्रिय संघ संस्थाहरुद्वारा सहयोग गर्ने वचनवद्धता जनाएको ढकालले जानकारी दिए ।

अभिलेख

लोकप्रिय