२१ कात्तिक २०८३, शनिवार

नेपालको दुखमा छिमेकी भएको नाताले सहयोग गर्नु कर्तब्य : समाजवादी पार्टी

२०७२ वैशाख १९, शनिवार
नेपालको दुखमा छिमेकी भएको नाताले सहयोग गर्नु कर्तब्य : समाजवादी पार्टी

एकसय ट्रक राहत उपलब्ध गराएको जानकारी,

काठमाडौं । भारतको उत्तर प्रदेशको सत्तारुढ दल समाजवादी पार्टीले सबै कुरा बदले पनि छिमेकी बदल्न नसक्ने भएकोले छिमेकी नेपालको दुखमा मल्हम लगाउन आफूहरु ठूलो परिणामको राहत सामग्री सहित नेपाल आएको बताएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा समाजवादी पार्टीका नेताहरुले महाभुकम्पबाट प्रभावित नेपालीहरुको लागि तत्कालको लागि राहत स्वरुप आफूहरुले खानेसामान, त्रिपाल, औषधी र स्ट्रेचर गरेर एक सय ट्रक राहत सामग्री ल्याएको जानकारी दिदै अझै आवश्यक सामग्रीहरु ल्याउने तयारी गरिरहेको जानकारी दिएका थिए ।

समाजवादी पार्टीका मिनिष्ट्रि सेलका स्टेट सेक्रेटरी आरिफ हास्मीले नेपालसँग उत्तरप्रदेशको सिमानामा मात्रै जोडिएको नभई रोटी र बेटीको समेत सम्बन्ध भएकोले आफूहरु भारतसरकारलाई नकुरी आफै पार्टी र राज्य सरकारको तर्फबाट सक्रिय भएर वितरण टोलीसहित राहत सामग्रीसहित नेपाल आएको बताए ।

उनले ९७ वटा राहत सामग्री भरिएको ट्रक सरकारलाई हस्तान्तरण गरेर बाँकी तीन ट्रक गोरखा र नुवाकोटमा आफै पुगेर वितरण गरेको जानकारी दिदै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको गृह जिल्ला धादिङ्गको लागि राहत सामग्री ल्याउने विषयमा उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेस यादवलाई जानकारी गराईसकिएकोले छिट्टै थप सामग्री आउने विश्वास ब्यक्त गरे ।

उनले नेपाल र नेपालीलाई परेको पीडाबाट मुख्य मन्त्री यादव दुखी भएर आफै राहतसामग्रीको ब्यवस्था गर्न सक्रिय भएको जानकारी पनि दिए ।

समाजवादी युथ फ्रन्टका राष्ट्रिय सचिव मुख्यमन्त्री यादवले नेपालमा भएको महाविनासमा मल्मह लगाउन राहत समाग्री लगायतका ब्यवस्था गर्न तत्काल सक्रियता देखाएर आफूहरुलाई थप राहत जुटाउन यथार्थ स्थिति बुझ्न नेपाल पठाएको जानकारी दिदै राहत वितरण कार्यलाई अझै लामो समयसम्म निरन्तर जारी राख्ने बताए ।

नेपाललाई दुख भए भारतमा चित्कार निस्कने भन्दै छिमेकीको दुखमा सहयोग गर्नु मानवियतामात्रै नभई आफूहरुको कर्तब्य भएकोब ताए ।

समाजवादी स्टुडेन्ट विङसका अध्यक्ष एवम पूर्वमन्त्री सुनिल यादवले नेपाललाई पुरानै स्थितिमा नपुर्याउँदासम्म आफूहरुले निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै एक छिमेकी ठिक अवस्थामा नभए अर्को छिमेकी पनि ठिक अवस्थामा हुन नसक्ने भएकोले आफूहरु नेपालको दुखमा सामेल हुन आएको बताए ।

कार्यक्रममा नेपाल भारत मिलन काउन्सिलका अध्यक्ष समिम अन्सारी, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, डोलेन्द्र थापा र कुमार गुरुङ्ग लगायतकाले नेपालको दुखमा भारत सरकार र उत्तरप्रदेश सरकारले गरेको सहयोगको सरहाना गर्दै नेपाललाई दुख परेको यो बेलामा अझै सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । उनले यतिवेला राहत र उद्दार आवश्यक रहेको बेला सहयोगमा राजनीति गर्न नहुने भन्दै सहयोगलाई सदासयताको रुपमा लिनु पर्ने बताए ।

अभिलेख

लोकप्रिय