२१ कात्तिक २०८३, शनिवार

नाङ्लेभारेका पिडितलाई काठमाडौं संघको राहत

२०७२ वैशाख १८, शुक्रबार
नाङ्लेभारेका पिडितलाई काठमाडौं संघको राहत

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले नाङ्लेभारेका भुकम्प पिडितका लागि राहत सामाग्री प्रदान गरेको छ । संघले चामल, चिउरा, तेल, दाल, नुन, कपडा लगायतका समाग्री नाङलेभारेका प्रहरी चौकीका असई निर्मल पौडेललाई हस्तान्तरण गरेको संघका अध्यक्ष टेकप्रसाद चौलागाइले बताए ।

१ लाख १० हजार बराबरको राहत प्रदान गरिएको थियो । राहत प्रदान गर्ने संघका पदाधिकारीहरु नाङलेभारे पुगेका थिए । ‘पिडितले छिटो भन्दा छिटो राहत पाउने भन्ने उद्देश्यले हामी स्थानीयस्तरमा नै पुगेका हौं ।’ अध्यक्ष चौलागाईले भने, ‘काठमाडौंको यो क्षेत्र नजिक भइकन निकै प्रभावित क्षेत्र रहेकाले सबैभन्दा पहिले हामीले यस क्षेत्रलाई राहत दिने निर्णय गरेका हौं ।’ सहकारीमार्फत राहत संकलन गरि अन्य प्रभावित क्षेत्रमासमेत वितरण गर्ने विषयमा छलफल गर्ने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय