उच्चस्तरमा भारतीय सहयाेग (फोटो सहित)
काठमाडौं । भूकम्पका कारण विपत्तिमा परेको नेपाललाई छिमेकी मुलुक भारतले निरन्तर सहयोग गरिरहेको छ ।
भूकम्प गएकै दिनदेखि भारतले नेपालमा राष्ट्रिय आपदा मोचन बल सहित विशेष विमान, बचाव जनशक्ति र राहत उपलब्ध गराएर सहयोग गरिरहेको हो । भारतको सम्पूर्ण सहयोग, राहत र बचाव नेपाल सरकारको अनुमति र निगरानीमा तथा भारतीय सम्पूर्ण अधिकारीहरु नेपाली अधिकारीको संयोजनमा काम गरिरहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म भारतले दुई सय ८० टन पिउने पानी, दूध, बिस्कुट, चाऊचाऊ, अत्यावस्यक औषधि, त्रिपाल, कम्बल लगायत राहत सामग्री पठाएको छ । यससँगै भारतले नेपालको विपतमा सहयोग गर्न दुई क्षेत्रमा अस्पताल, १८ वटा सैनिक मेडिकल टीम, १८ इंजिनियर टोली, एक आईएएफ तीव्र एक्शन मेडिकल टीम र भग्नावशेष उत्खनन् गर्ने अत्यावश्यक मेशिनहरु पठाएको छ । भारतले नेपाल भारत सीममा रहेका भारतीय अधिकारीलाई पनि राहत तथा बचाव कार्यमा सघाउन निर्देशन जारी गरेको छ ।

भारतबाट खटिएका राष्ट्रिय आपदा मोचन बलका १६ टीमले नेपालको विभिन्न स्थानमा रहेका नेपाली टोलीसँग मिलेर विभिन्न विश्वसम्पदा साइटहरुका भग्नावशेषबाट ११ जनाको उद्धार र १२१ मृत शरीर बाहिर निकालेको विज्ञप्तिमा जनाएकाे छ ।

भारतले महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक गाउँमा तीन भारतीय सैनिक स्वास्थ्य टोली खटाएको छ । त्यस्तै ३९ वटा सैनिक टोली सगरमाथाको बेस क्याम्पमा फसेका आरोहीका उद्धारमा खटिएका जनाइएको छ । भारत सरकारको तर्फबाट गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र रामेछाममा करिब १०० टन राहत सामग्री उपलब्ध गराइएको छ । भूकम्पले विच्छेद भएको विद्युत आपूर्तिका लागि पावर ग्रिड करपोरेशन अफ इन्डियाले नेपाल विद्युत प्राधिकरणसँग मिलेर नेपालभरी विद्युत सुचारु गर्ने कार्यलाई तीव्रता दिएको छ ।

विपतको भयानक घडीमा भारतले नेपाललाई हरेक तरिकाले निरन्तर सघाउन तत्पर रहेको जनाइएको छ । जुन कुरा भारतीय प्रधानमन्त्री मोदीले समेत व्यक्त गरिसकेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार


