२१ कात्तिक २०८३, शनिवार

राहत संकलनमा जुटे न्यूयोर्कका विद्यार्थी

२०७२ वैशाख १८, शुक्रबार
राहत संकलनमा जुटे न्यूयोर्कका विद्यार्थी

काठमाडौं । भूकम्पले निम्ताएको विनाशमा केही मलहम लगउनकोलागि अमेरिकको न्यूयोर्क स्थित सिटी कलेज अफ न्यू योर्कमा अध्यनरत नेपाली विद्यार्थीहरुले राहात संकलन शुरुगरेका छन् ।

नेपालमा महाभूकम्पको खवर पाउन साथ राहत रकम जम्मा गर्न सुरु गरेको सिटी कलेज न्यू योर्क नेपाली विद्यार्थी समाजका अध्यक्ष रोज्जे महर्जनले बताए ।

अप्रिल ३० गते सम्म ५ हजार अमेरीकी डलर सहयोग रकम संकलन भई सकेको समाजका कोषाध्यक्ष अरुण ओझाले बताए । अझै धेरै रकम संकलन गर्न न्यू योर्कमा बस्ने सम्पूर्ण नेपाली विद्यार्थीमाझ जाने ओझाको भनाइ थियो ।

ओझाले संकलित रकम सही रुपमा पिडित समक्ष पुराउनको लागी सही माध्यामको खोजि भई रहेको जानकारी गराउँदै छिट्टै राहात रकम नेपाल पठाउने जानकारी गराए । सिटी कलेज न्यू योर्कमा करिव ४० जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

अभिलेख

लोकप्रिय