२१ कात्तिक २०८३, शनिवार

भुकम्प पिडतलाई साना किसान सहकारीको २० लाख सहयोग गर्ने प्रतिबद्धता

२०७२ वैशाख १७, बिहिबार
भुकम्प पिडतलाई साना किसान सहकारीको २० लाख सहयोग गर्ने प्रतिबद्धता

बारा । नारायणी अञ्चल भित्र रहेका ४७ साना किसान कृषि सहकारी संस्थाहरुले झण्डै २० लाख रकम भुकम्प पिडितलाई राहतका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

साना किसान विकास बैंकको आयोजनामा बुधबार मकवानपुरको हेटौंडामा आयोजित राहत संकलन सम्बन्धि भेलामा सहभागी साना किसान कृषि सहकारी संस्थाका जिम्मेवार प्रतिनिधिहरुले संस्था मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
साना किसान विकास बैंक स्थित भुकम्प पिडित राहत कोषमा जम्मा हुनेगरी प्रति संस्था पाँचहजार देखी दुईलाख सम्म रकम सहयोग गर्ने बताईएको छ । रकम आज बाट संकलन शुरु भएको छ ।

संकलित रकम साना किसान विकास बैंक मार्फत भुकम्पबाट अति प्रभावित क्षेत्रका सर्वसाधारका लागि खाद्यान्न, लत्ताकपडा र आवास व्यवस्थापनमा खर्च हुने इलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्माले जानकारी दिइन ।

जसमा बारा जिल्लाका डुमरवाना, मनहर्वा, फत्तेपुर, इनर्वासिरा, तेतरिया, पर्साैना, सफही र इर्नावासिरा समेत रहेका छन् । जिल्लाको डुमरवानाले दुई लाख, फत्तेपुरले ६५ हजार मनहर्वा र इनर्वासिरा ५०÷५० हजारका दरले सहयोग गर्ने भएको साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष शिव प्रसाद अधिकारीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय