२१ कात्तिक २०८३, शनिवार

बाराली सहकारीहरुले तीन लाख पचहत्तर हजार रुपैया संकलन गरे

२०७२ वैशाख १७, बिहिबार
बाराली सहकारीहरुले तीन लाख पचहत्तर हजार रुपैया संकलन गरे

सिमरा । बारा जिल्लाका सहकारी संघरसंस्थाहरुले शक्तिशाली भूकम्प पिडितहरुलाई राहतकालागि तीन लाख पचहत्तर हजार संकलन गरेका छन् ।

बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिका संयोजक कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकले स्थानीय प्रशासन र सहकारी अभियानसंग समन्वय गरी तत्काल स्थलगत अवलोकन र आवश्यकताका आधारमा पिडित परिवारजनमा प्रत्यक्ष रुपमा राहत सामाग्री उपलव्ध गराइने जनाएको छ ।
वैठकमा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष शिव अधिकारी र सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बर्तौला, सिमरा महिला सहकारीकी अध्यक्ष अनिता लम्साल, औराहा पशुपालन सहकारीका अध्यक्ष मदनबहादुर क्षेत्री, जनकल्याण बहुद्धेश्यीय सहकारीका उपाध्यक्ष गणेश साह, जीवनसहारा कलैयाका व्यवस्थापक सत्तेन्द्र ठाकुर, समाजसुधार कृषि सहकारी डुमरवानाका व्यवस्थापक रविन्द्र भण्डारी, जनकल्याण सहकारी सिमराका अध्यक्ष मधुसुदन सिटौलाको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय