रसुवामा एक सय बाउन्नको मृत्यु
रसुवा । शनिबारको विनासकारी भूकम्पबाट रसुवामा एक सय ५२ जनाको मृत्यु भएको छ ।
मृतकको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लाङटाङ क्षेत्रमा पर्यटकसहित तीन सयभन्दा बढी मानिस अलपत्र परेका छन् । उनीहरुको हेलिकप्टरबाट उद्धार भइरहेको प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले बताए ।
यसैगरी भूकम्पपछि रसुवा भन्सार र अध्यागमन कार्यालयका गरी चार जना कर्मचारी बेपत्ता छन् । उनीहरु पहिरोमा परेको आशङ्का गरिएको छ । रसुवागढी भन्सार वरपरका ११ जना होटल व्यवसायी समेत हराइरहेको प्रहरीले जनाएको छ ।
“भन्सारमा सवारी जाँचका लागि आएका २० जना चालक र सह–चालकको समेत अवस्था अज्ञात छ,” प्रहरी नायव उपरीक्षक पोखरेलले भने ।
यस्तै सदरमुकाम धुन्चेदेखि दुई दिनको दूरीमा रहेको लाङटाङस्थित नेपाली सेनाको चौकीमा तैनाथ १० सैनिकको अवस्था समेत अज्ञात छ । भूकम्पबाट घाइते हाबु, डाडाँगाउँ र ठूलोगाउँ गाविसका बासिन्दा उपचारका लागि हेलिकप्टर पर्खिरहेको अवस्था छ । उनीहरु उद्धारको पर्खाइमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
