२१ कात्तिक २०८३, शनिवार

भूकम्पबाट मृत्यु हुनेको संख्या ३९ सय नाघ्यो, उद्धार कार्य जारी (अपडेेट)

२०७२ वैशाख १४, सोमबार
भूकम्पबाट मृत्यु हुनेको संख्या ३९ सय नाघ्यो, उद्धार कार्य जारी (अपडेेट)

काठमाडाैं । शनिबार दिउँसाे गएकाे महा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या देशभर ३ हजार ९ सय ४ जना पुगेकाे छ । यस्तै घाइतेको संख्या ७ हजार १ सय ८० जना पुगेकाे प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेकाे जनाएकाे छ ।
राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको महा भुकम्पमा ज्यान गुमाउनेको संख्या अझै बढ्ने गृह मन्त्रालयले जनाएकाे छ ।
 
२०७२-०१-१४, १९:०० बजेसम्म भुकम्पबाट मृतकको संख्या (३९०४ ), घाइते ( ७१८०) :
उपत्यका : मृतक: १३२७, घाइते: ४३३८
काठमाण्डौ – ९३०
ललितपुर – १५७
भक्तपुर -२४०

पूर्व क्षेत्र : मृतक ५१, घाइते: २०७
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १६
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २२९३, घाइते: २२९३
रामेछाप – २६
सिन्धुपाल्चोक – १०३२
धनुषा- १
मकवानपुर -३५
रसुवा – १५१
दोलखा -५०
काभ्रे -२२७
चितवन -५
नुवाकोट ‍- ४४८
धादिङ – २९९
सिन्धुली – ९
बारा – ५
पर्सा – ३
सर्लाही -१
रौतहट – १
पश्चिम क्षेत्र: मृतक -२३१, घाइते: ३२२
गोरखा -२२३
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४
मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १

अभिलेख

लोकप्रिय