चिया सहकारी सङ्घको चौथो वार्षिक साधारणसभा, चिया क्षेत्रको समस्या समाधानमा प्रतिबद्ध छु : खनाल
इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिया क्षेत्रको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेड नेपालको चौथो वार्षिक साधारणसभाको आज इलाममा उद्घाटन गर्दै अध्यक्ष खनालले नेपालको चियाको उच्च सम्भावना रहेकाले दक्ष प्राविधिक उत्पादनमा जोड दिनुपर्ने बताए ।
डेढसय वर्ष पुरानो चियाको विकास र प्रवद्र्धनका लागि चिया सहकारी गठन हुनुले यसमा देखिएका समस्या समाधान हुने उनले बताए । चिया पेय पदार्थका रूपमा विश्वमा विस्तार हुँदै गएकाले यसको बजार निरन्तर विकास हुँदै
गएको समेत उनले बताए ।
“विस्तारित बजारलाई व्यवस्थित बनाउनु अहिलेको आवश्कता हो, सहकारीको माध्यमबाट चियामा देखिएका समस्या समाधान गरियो भने चियाको भविष्य उज्ज्वल छ” खनालले भने । आफू प्रधानमन्त्री भएका समयमा चियाको बजारीकरणमा खासै प्रगति हुन नसकिएकोप्रति उहाँले दुखेसोसमेत गरे । तीनखम्बे अर्थनीतिअनुरूप नै अघि बढ्नुपर्नेमा खनालले जोड दिए । “निजी क्षेत्र, सहकारी र राज्य परिचालित हुनुपर्छ” उनले भने ।
सरकारले अहिले बेचेका कारखाना सहकारीले सञ्चालन गर्नुपर्नेमा खनालले जोड दिए । चिया क्षेत्रमा निश्चित व्यक्तिको आलोपालो प्रणालीका कारण किसान मारमा परेको उनको भनाइ छ ।
सहकारीले नै कारखाना सञ्चालन गर्न सकेमा मात्र किसानको हित हुने बताउँदै उहाँले उपयुक्त चिया नीतिको आवश्यकता रहेको धारणा राखे । कारखाना स्थापनाका लागि सरकारले निश्चित अनुदान दिनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले नेपालमा विसं १९२० देखि चियाखेतीको सुरुवात भए पनि यसमा संलग्न किसानको हित हुन नसकेको दुखेसो गरे । नेपालको करिब २५ हजार हेक्टरमा चियाखेती गरिएको छ भने वार्षिक दुई करोड भन्दा बढी चिया उत्पादन भइरहेको छ ।
सङ्घमा इलामका ३९, पाँचथरका ११, तेह्रथुमका नौ, धनकुटाका नौ, झापाका पाँच, ललितपुरका नौ, उदयपुरका चार, भोजपुर, खोटाङ, मोरङका एक÷एक वटा, रामेछापका चार, दोलखाका चार, काठमाडौँ, ओखलढुङ्गालगायत जिल्लाका गरी एक सय वटा चिया सहकारी संस्था आबद्ध रहेको अध्यक्ष दाहालले जानकारी दिए । नेपाली चियाको लोगोले अन्तर्राष्ट्रिय मान्यता नपाउनु, अक्सन बजार नहुनु, राष्ट्रिय चिया नीति–२०५७ प्रभावकारी रूपमा कार्यान्वयन नहुनु, नीति निर्माण तहमा चिया किसानको प्रतिनिधित्व नहुनुले चिया क्षेत्रको विकास सम्भव नभएको सङ्घको ठहर छ ।
साधारणसभाको अवसरमा अध्यक्ष दाहालले चिया सहकारीको हितका लागि आगामी नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरे । कार्यक्रममा इलाम उद्योग वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटा, सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार जवेगुलगायतले चिया क्षेत्रको समस्या समाधान गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
