२१ कात्तिक २०८३, शनिवार

कला आदानप्रदान बारे सम्झौता

२०७२ वैशाख ११, शुक्रबार
कला आदानप्रदान बारे सम्झौता

काठमाडौं । कला आदानप्रदानबारे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा दुबै पक्षबीच हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच रहेको आत्मीय मैत्री सम्बन्धको थप उजागर गर्न बिहीबार उक्त सम्झौता भएको हो । सम्झौतानुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतले दुई देशका ललितकलाका प्राज्ञ, सिर्जनात्मक कलाकार, संस्कृति प्रशासक, विद्वत वर्ग आदिको पारस्परिक आदानप्रदान कार्यक्रम तथा कला प्रदर्शनी मार्फत पारस्परिक विश्वास र मैत्रीपूर्ण सांस्कृतिक सम्बन्धको विकासमा हातेमालो गर्ने विश्वास गरिएको छ ।

lalitkala1

सम्झौतामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतले कला प्रदर्शनीको आयोजना गर्ने, दुबै देशका ललितकला सम्बन्धि पुस्तकहरु अनुवाद तथा प्रकाशनमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । दुबै संस्थाले समसामयिक कलाशैली सम्बन्धि भेला, गोष्ठी आयोजना गर्नुको साथै कला कार्यशालाको समेत आयोजना गर्नेछन् । ललितकला सम्बन्धि कलाकार, विद्वान तथा समालोचकबीच सम्बन्ध मजवुत गर्नको लागि आदानप्रदान कार्यक्रम समेत आयोजना गरिने उल्लेख छ ।

सम्झौता कार्यक्रममा नेपालका लागि भारतका राजदूत रणजीत रायले, ‘कला भारत र नेपाललाई घनिष्ठ बनाउँने महत्वपूर्ण माध्यम भएकोले यो बहुप्रतिक्षित कार्यक्रम थियोे । हाम्रा दुई देशबीच कला र संस्कृतिको आदानप्रदान अभिवृद्धिमा भारतले सम्पूर्ण सहयोग प्रदान गर्नेछ ।’

अभिलेख

लोकप्रिय