रमनलाई एकलाख पुरस्कार
काठमाडौं । होण्डा मोटरसाईकलको पहिलो हप्ताको लक्कि ड्र को एक लाख नगद पुरस्कार नुवाकोटका रमन श्रेष्ठले जितेका छन् ।
होण्डा बाइकको आधिकारीक विक्रेता स्याकार टे«डिङ कम्पनीले नयाँ बर्ष २०७२ को अवसर पारेर सुरु गरेको न्यु इयर २०७२ अफर अन्र्तगत बैशाख महिना पहिलो हप्ताको एक लाख नगद श्रेष्ठले पाएका हुन् ।
स्याकार कम्पनीले सञ्चालन गरेको होण्डा नयाँ बर्ष अफर अन्र्तगत होण्डा कम्पनीका कुनैपनि बाइक वा स्कुटर किन्दा एउटा स्क्रयाच कुपन प्रदान गर्दै आएको छ । कुपनबाट तत्काल ४ हजार देखी १ लाख नगद छुट दिनुका साथै हप्ताभरी विक्रि भएका मोटरबाइक र स्कुटर कुपन मध्येबाट एकजना भाग्यमानिलाई लक्कि ड्र गरेर एक लाख नगद पुरस्कार दिने छ ।
डियो स्कुटर खरिद गर्दा लक्कि ड्र मार्फत एक लाख रुपैयाँ पुरस्कार पाएका नुवाकोट बिदुरका श्रेष्ठलाई बालाजुमा रहेको कपुरी ब्रदर्शका प्रोपाइटर किरण कपुरीले एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरे ।
रमन श्रेष्ठले बालाजुको कपुरी ब्रदर्शबाट यही बैशाख ४ गते स्कुटर खरिद गरेका थिए । एक लाख नगद पुरस्कार जितेपछि श्रेष्ठले खुशी हुँदै किनेको स्कुटर उपहारमा बदलिएको प्रतिक्रिया दिएका छन् । श्रेष्ठले स्कुटर किन्दा स्क्रयाच कुपनबाट नगद ४ हजार रुपैयाँ छुट समेत पाएका थिए ।
स्याकार कम्पनीले विभिन्न चाडपर्व तथा उत्सवहरुमा होण्डका सवारी साधनमा विशेष छुट र अफर प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
