कञ्चनपुरमा ४९.९ मिलीयन भारतीय सहयोग
कञ्चनपुर । कञ्चनपुरको बाँसखेदास्थित श्री पूर्ण उच्च माविको विद्यालय भवनको उद्घाटन भएको छ । त्यस्तै कञ्चनपुरकै श्री सिद्धार्थ उच्च माविको भवन शिलान्यास भएको छ । मंगलबार भारतका राजदूत रणजीत रायले विद्यालय भवन तथा शिलान्यास गरेका हुन् ।
१९५७ मा स्थापित कञ्चनपुरको बाँसखेदास्थित श्री पूर्ण उच्च मावि १७.६ मिलीयनमा उच्च माविमा स्तरोन्नति गरिएको विद्यालय हो । विद्यालयमा एक हजार ४२ विद्यार्थी अध्ययनरत छन् । त्यस्तै श्री सिद्धार्थ उच्च माविको भवन निमार्णका लागि भारत सरकारले ३२.३ मिलीयन सहयोग गरेको छ । यो विद्यालय २००५ मा स्थापना भएको छ । विद्यालयमा ८०० विद्यार्थी अध्ययनरत छन् ।
भारतका राजदूत रायले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालित विभिन्न विकास परियोजनाहरुले नेपालका जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आशा व्यक्त गरे । यी परियोजनाको अतिरिक्त, भारतको ने.रु. ५६.५ मिलीयन अनुदान सहयोगमा यस जिल्लामा २ ओटा अन्य विकास परियोजनाहरु निर्माणाधिन छन् भने ७३.३ मिलियन भारतीय सहयोगमा ५ परियोजनाहरु सम्पन्न भैसकेका छन् । भारतीय सहयोगमा ७ ओटा एम्वुलेन्सहरु समेत यस जिल्लाको लागि प्रदान गरिसकिएको छ । यस बाहेक नेपाल भरिका २३८ भन्दा बढी शैक्षिक संस्थाहरुले भारत सरकारको ६३३ करोड ७० लाखको सहयोग प्राप्त गरिसकेका छन् ।

नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५०२ भन्दा धेरै परियोजनाहरुको लागत ७५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
