आन्तरिक स्रोत परिचालन क्षमता बढ्नेगरी राजस्व नीति तर्जुमा गर्न अर्थमन्त्री डा महतको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले समग्रमा लगानी बढ्ने, निर्यात बढ्ने, अर्थतन्त्रको आकार बढ्ने र निजीक्षेत्रको बिस्तार हुने ढंगले राजस्वसम्वन्धी नीति तर्जुमा हुनुपर्ने बताएका छन् ।
राजस्व परामर्श समितिको वैठकमा समितिका सदस्यहरुलाई निर्देशन दिदै उनले सो कुरा बताएका हुन् । अर्थतन्त्रको आकार त बढेको छ, यो राम्रो हो तर निर्यात बढ्न सकेको छैन । अर्थमन्त्री डा महतले भन्ने, ‘निर्यात बढाउन के कस्ता सुविधाहरु थप्न आवश्यक छ, तिनलाई अपेक्षित नतिजासहित सिफारिस गर्नुहोस् । यसका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार छ ।’
निर्यात बढाउनका लागि बस्तुहरु गुणस्तरीय र प्रतिस्पर्धी हुनुपर्ने बताए । ‘यसका लागि के कस्ता सुविधा दिनु आवश्यक छ, प्रस्ताव गर्नुहोस । म सकारात्मकरुपले लिएर अगाडि बढ्नेछु ।’ अर्थमन्त्री डा महतले भने । निर्यातका लागि भ्यालु एड हुने बस्तु पहिचान गर्न पनि आग्रह गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
