करोड कमाउँदै सहकारी, मुहार फेर्दै ‘रूपा’ ताल
काजी श्रेष्ठ / पोखरा । कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित मानोरम ‘रूपा’ ताल माछा पालनको गतिलो स्थान बनेको छ । २०५८ सालदेखि माछापालन थालिएको रूपा तालमा गत वर्ष मात्रै ७० लाखको माछा उत्पादन भएको छ भने यस वर्ष करोडको माछा उत्पादन हुने अनुमान गरिएको छ । पोखरा उपत्यकामा रहेको नौवटा तालमध्ये तेस्रो स्थानमा रहेको रूपा ताल प्रचुर जैविक विविधता र विविध पारिस्थितिकीय प्रणालीले यो क्षेत्र महत्वपूर्ण स्थानमा पर्छ ।
पर्यटनको प्रचुर सम्भावना भए पनि रूपा ताल पोखराका अन्य फेवा, वेगनासताल जस्तो आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परिसकेको छैन । राज्यले राष्ट्रिय प्राकृतिक सम्पदाहरूको संरक्षण तथा सम्वद्र्धन गर्ने नीति लिए पनि व्यवहारमा लागू हुन नसकेको अवस्थामा तालको संरक्षण तथा सम्वद्र्धनका लागि स्थापना भएको सहकारी उदाहरणी बनेको छ । राजनीतिक अस्थिरता तथा खिचातानीका कारण राष्ट्रिय सम्पदाहरूको संरक्षणमा सरकार र सरोकारवालाको ध्यान नपुगे पनि रूपा ताल संरक्षण गर्न स्थानीय स्तरबाट सहकारी गठन भएपछि तालले मुहार फरिएको छ । २०५८ साल चैत १ गते स्थापना भएको रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारीले रूपातालको संरक्षण र प्रवद्र्धनका साथै आयमूलक कार्यक्रमसमेत सञ्चालन गरेको हो ।
देशभरका तालतलैयाको संरक्षण र प्रवद्र्धनका लागि ताल संरक्षण तथा विकास समितिहरू गठन गरिए पनि तिनीहरूले गतिलो काम गरेको उदाहरण कमै पाइन्छ । तर, रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्थाले त्यसै खेर गइरहेको सम्पदाको संरक्षण मात्रै गरेको छैन स्थानीय जीवनमा समेत आर्थिक परिवर्तन ल्याएको छ ।
सहकारी स्थापना हुनुअघिको रूपाताल र अहिलेको रूपा तालको अनुहारै फेरिएको छ । मुलुककै शान बनेको फेवातालको लगभग २२ सय रोपनी क्षेत्रफल अतिक्रमणको शिकार बनेको छ । फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता गरी भोगचलन गर्दा पनि सरकार मौन छ । तर, रूपा तालमा यो रोगको संक्रमण हुने सम्भावना सधैंका लागि बन्द भएको छ । सहकारीमार्फत तालको सम्बद्र्धन, संरक्षण र पुनर्निर्माणको काम सँगै भइरहेको छ । माछापलान गरेर सहकारीले माछापालन गरिरहेको छ ।
प्राकृतिक कारणले रूपा ताल वर्षेनी पुरिँदै गएको छ । त्यसबाट बताउन सहकारी दिनरात खटिएको छ । रूपाकोट गाविसको सीमानाभित्र पर्ने रूपाताल सेतो कमल पाइने क्षेत्रका रूपमा चर्चित छ । यसलाई जोगाउन पनि सहकारीले योजना बनाएको सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले बताए ।
रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था स्थापना गरी तालको संरक्षण गर्न थालेपछि पर्यटकको आकर्षण समेत बढेको छ । यसले तालको संरक्षण समेत जोगाएको आगन्तुकहरू बताउँछन् । ३६ जना किसानले प्रतिव्यक्ति पाँच हजार शेयर राखेर सहकारी गठन भएको संस्थामा हाल ७ सय ५१ जना सदस्य पुगेका छन् ।
‘विभिन्न राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीयको संयुक्त पहलमा सहकारी गठन गरेर तालको संरक्षण र प्रवद्र्धनमा लागेका हौं’ संस्थाका सचिव शिवराज अधिकारीले भने, ‘त्यो बेला हामीले सक्रीयता नदेखाएको भए यो अवस्थामा रूपाताल देख्न पाइँदैन थियो ।’ सहकारीले उदाहरणीय काम गर्दै गएपछि स्थानीयको आकर्षण बढ्दै गएको । पछिल्लो दुई वर्षको अवधिमा मात्रै तीन सय ६० जना स्थानीय बासिन्दा सहकारीको सदस्य बनेको उनले जानकारी दिए ।
‘सरकारले तालको संरक्षण तथा सञ्चालनमा ध्यान नदिएपछि सहकारी गठन गरेर गरेका हौं,’ सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले भने, ‘ठेकेदारले तालको जिम्मा लिन खोजेका थिए हामीले दिएनौं । स्थानीय सबैको सक्रियता हुनेगरी सहकारी बनायौं, तालको संरक्षणमा जुट्यौं ।’ सुरुमा व्यवस्थापन गर्न समस्या भए पनि अहिले रूपाताल सबैको आकर्षणको केन्द्र बनेको उनले बताए । रूपताल सहकारीमा १५ सय घरधुरी जोडिएका छन् र त्यसबाट लाभ लिइरहेका छन् ।
सहकारीले १६ जना स्थानीयलाई रोजगारी दिएको छ । त्यसमध्ये १३ जना स्थायी कर्मचारी छन् । हालसम्म संस्थाले सदस्यलाई साढे चार करोड मुनाफा बाँडिसकेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्र्तगत जलाधार संरक्षणभित्र रहेका १९ सामुदायिक वन समूहलाई वार्षिक चार हजारका दरले अनुदान दिँदै आएको छ । त्यस्तै २१ विद्यालयलाई दुई हजारका दरले अनुदान दिँदै आएको छ । ताल वरपर रहेका विद्यालयका गरिब तथा जेहेन्दार ५२ जना बाबालिकालाई वार्षिक ५ सयका दरले क्षात्रवृत्ति प्रदान गर्दै आएको छ । ताल संरक्षका लागि तीनवटा आमा समूहलाई ५० हजारका दरले सहयोग गरिएको छ ।
करोडको माछा
सहकारीको मुख्य आम्दानीको स्रोत माछापालन हो । रूपातालमा सहकारीले विभिन्न प्रजातिका माछा पालेर मनग्य आम्दानी गरिरहेको छ । गत वर्ष ७० लाखको माछा बेचेको संस्थाका व्यवस्थापक सूर्यबहादुर थापाले जानकारी दिए । यस वर्ष करोडको माछा उत्पादन हुने उनको भनाइ छ । रूपातालबाट हाल २५ हजार केजीभन्दा बढी माछा उत्पादन भइरहेका छन् ।
सहकारीलाई थप आत्मनिर्भर बनाउनका लागि भुरा उत्पादन गर्न थालिएको छ । भूरा उत्पादन गर्न ७ रोपनी क्षेत्रफल छुट्याइएको छ । त्यहाँबाट ६ लाख भूरा उत्पादन हुने उपेक्षा गरीएको उनले बताए । तालमा बाम, ढंगेबान, गर्दी लगायत स्थानीय जातका माछा पालिएका छन् । उक्त सहकारीले दैनिक डेढ सयदेखि १२ सयसम्म माछा बिक्री गर्ने गरेको जनाएको छ । सहकारीसँग माछा मार्ने प्रविधि नहुँदा समस्या भएको उनले बताए ।
सहकारीले तालको निकासमा चार सय २५ मिटर जाली लगाई माछा पाल्दै आएको छ । हाल तालमा दैनिक औषत १४५ केजी माछा उत्पादन गर्दै आएको छ । उत्पादन भएको माछा किन्न पोखराका व्यापारी तालमै आउँछन् । माछा बिक्रीबाट भएको आम्दानीको रकम मध्ये ताल संरक्षणका लागि छुट्याएर बाँकी रकम सम्पूर्ण सदस्यका लागि आयमूलक कार्यक्रम (बाख्रा पालन, मौरीपालन) आदी संचालनका लागि ८ प्रतिशत ब्याजमा कर्जा दिने गरिएको छ । जसले स्थानीय बासिन्दाको आर्थिकस्तरमा राम्रो प्रभाव पारेको स्थानीय मनकला पाण्डेले बताइन् ।
जीवजन्तु र वनस्पतिको सम्भावना
पोखरा उपत्यकामा रहेको अन्य तालको तुलनामा रूपातालमा धेरै प्रजातिका माछा, स्तनधानी जन्तु र चरा पाइन्छन् । प्रारम्भिक अध्ययनमा यस ताल र जलधार क्षेत्रमा चार सय ५० जातिका जीवजन्तु र वनस्पति पाइन्छ । यस तालमा २४ प्रजातिका माछा, ३६ प्रजातिका चरा, ३ प्रजातिका सरीसृप, ११ प्रजातिका स्तनधारी जन्तुहरू पाइन्छ । यी सबैको संरक्षण सहकारीले गर्दै आएको छ । सरकारी तथा निजी प्रयासहरू भन्दा सहकारीले गरेका यस्ता कार्य स्वागतयोग्य हुनुका साथै प्रभावकारी देखिएको छ ।
संरक्षणात्मक कार्यक्रम
रूपातालको संरक्षण र दिगो विकास गर्ने उद्देश्यले सहकारीबाट भू–संरक्षणको अभियान सञ्चालन गरिएको छ । विभिन्न संघसंस्थासँग सहकार्य गरी समुदायमा आधारित रूपाताल सिमसार व्यवस्थापन परियोजना सञ्चालनमा छ । त्यसले यसको जलाधार क्षेत्रमा वृक्षरोपण घाँसे हार प्रविधि, आयमूलक खेती, खोला किनारको संरक्षण तथा किनारमा बाँध लगाउन माथिल्लो निकायमा सूचना पु¥याई हाल नापनक्सांकनको कामसमेत गरिरहेको छ ।
सीबीआर कार्यक्रमअन्तर्गत जैविक विविधता संरक्षण र अभिलेखीकरण, अनुसन्धानर बजारीकरण तथा रूपाताल वरपर रहेका सेतो कमल, सिमलकाँडे, नाभोजस्तो लोपन्मुख जातहरूलाई बजारसम्म लगिएको छ । स्थानीय तथा पाहुना चराहरूलाई बासस्थानको सुरक्षा दिइएको अध्यक्ष पाण्डेले बताए । स्थानीय बाम, सहर तालका माछाको प्रजनन क्षेत्र संरक्षण गरी नयाँ भुरा राख्ने कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।
तालको संरक्षण र अतिक्रमण हुन नदिनका लागि स्थानीय स्तरण जनचेतनामूलक कार्यक्रम सञ्चालन, जलकुम्भी हटाउने कार्यलाई निरन्तरता, तालको जलधार क्षेत्रभित्र रहेका १७ सामुदायिक वन समुहलाई अनुदान, १९ विद्यालयलाई अनुदान र ताल वरपर रहेका विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
पर्यटन प्रवद्र्धनमा सहकारी
ली वर्ड, आईयूसीएन, वर्ड विजनलगायतका संघसंस्थाको सहकार्यक्रमा सूचना तथा स्रोत केन्द्रलाई व्यवस्थित बनाइएको छ । तालमा रहेका अनावश्यक झार हटाइसको र पटलाहरू निर्माण गरी पर्यटकलाई ताल घुम्ने व्यवस्था गरिएको छ । साँघुरो भागमा ड्रम डुंगा निर्माण गरी पर्यटकलाई ताल वारपार गर्ने व्यवस्थासमेत सहकारीले गर्दै आएको अाजकाे साैर्य दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
