‘फोहरलाई मोहर’ बनाउ सहकारी
बागलुङ । सहकारी खुल्ने क्रम बढिरहेका बेला यहाँ फरक उद्देश्यको सहकारी संस्था स्थापना भएको छ ।
नाफामुखी नभई सेवामुखी भएर काम गर्न धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी खुलेको हो । ‘वातावरण सफा राखौँ, सफा र स्वस्थ बनौँ’ नारासहित सहकारीले सेवा दिन सुरु गरेको छ ।
पचपन्न जना सेयर सदस्यबाट सुरु भएको सहकारीको प्रारम्भिक पुँजी २५ लाख रहेको संस्थाका अध्यक्ष सुधीर श्रेष्ठले बताए । न्युनतम ११ हजारदेखि माथि एक लाखसम्म पुँजी राख्न सकिने गरी सेयर खुला गरिएको छ ।
सहकारीले बागलुङ नगरक्षेत्रको फोहर व्यवस्थापनका लागि फोहर उठाउने गाडी सञ्चालनमा ल्याएको छ । “सहकारीको मुख्य उद्देश्य फोहर व्यवस्थापन नै हो, नगरपालिका र अन्य सङ्घसंस्थासँगको सहकार्यमा काम गर्दैछौँ” अध्यक्ष श्रेष्ठले भने,” “फोहरलाई मोहरमा परिणत गर्ने लक्ष्य छ ।” सहकारीले फोहरको सही व्यवस्थापनसँगै फोहरबाट पुनःप्रयोगमा ल्याउन सकिने वस्तुहरू उत्पादन गर्ने योजना अघि सारेको छ ।
फोहर प्रशोधन गरेर विभिन्न वस्तु तथा सामग्री तयार गर्ने र त्यसबाट आयआर्जनका क्रियाकलाप सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सुरुका केही महिना सहकारीले निःशुल्क रुपमा नगरक्षेत्रका घरदैलोमा पुगेर
फोहर सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्ने भएको छ । कुहिने, नकहुने, प्लास्टिकजन्य, सिसाजन्य र अन्य धातुजन्य फोहरलाई छुट्टाछुट्टै दिनमा उठाइनेभएको छ ।
न्युनतम शुल्कमा फोहर उठाउने सहकारीले जनाएको छ । स्वच्छ र सरसफाइयुक्त नगरको लागि सहकारीले टेवा पुर्याउने ठानिएको छ । फोहर व्यवस्थापन जस्तो सेवामूलक कार्यका लागि सहकारी स्थापना हुनु सुखद् विषय रहेको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
“ऋण बचतको काम गरी बढी नाफा कमाउन प्रेरित भएर सहकारी खोल्ने क्रमबढिरहेको छ” उनले गुनासो गरे ।
नगरको फोहर व्यवस्थापन गर्ने, वातावरण स्वच्छ र सफा राख्ने दायित्व नगरपालिकाको भए पनि पर्याप्त काम हुनसकेको छैन । स्थायी प्रकारको ‘डम्पिङ साइड’ नहुँदा फोहर व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको छ । जनशक्ति र
स्रोतसाधनको सीमितताले हप्तौँसम्म नगरको फोहर उठ्न नसक्ने अवस्था छ ।
युवाको सक्रियतामा खुलेको यस सहकारीले वातावरणीय सुधार र फोहर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ । सहकारीकै अगुवाइमानगरक्षेत्रको सडक सरसफाइका लागि अभियान पनि चल्ने भएको छ ।
सहकारी सुभारम्भको सन्देश दिन नयाँ वर्षको दिन प्रमुख जिल्ला अधिकारीशेषनारायण पौडेललगायत सहकारीका पदाधिकारी, सदस्य र अन्य व्यक्ति सम्मिलितभएर बागलुङ बजारको सडक सरसफाइ गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
