२१ कात्तिक २०८३, शनिवार

कृषि सहकारी संघ ललितपुरमा अनियमितता

२०७२ वैशाख ३, बिहिबार
कृषि सहकारी संघ ललितपुरमा अनियमितता

काठमाडौं । सहकारीको प्रवद्र्धनका लागि स्थापना हुने संघहरुको भूमिका कस्तो छ ? यो प्रश्नको उत्तर खोज्न जिल्ला सहकारीको संघ ललितपुर गए पुग्छ । सहकारी अभियानको नमुना जिल्ला दावी गर्ने ललितपुरमै स्थापना भएको संघ राजनीतिको अखडा मात्र भएको छ ।

कृषि संघले ४ वर्षदेखि साधारणसभा गर्न सकेको छैन भने संघको कोषमा समेत केही व्यक्तिले अनियमितता गरेका छन् । आफैले दर्ता गरेको संघको यस्तो स्थिती हुदा पनि नियामक निकाय डिभिजन सहकारी कार्यालयले कुनै कारवाही गर्न सकेको छैन । कृषि संघ ०६५ सालमा स्थापना भएको हो । संस्थापक अध्यक्ष माधव दुलाल जिल्ला सहकारी संघ ललितपुरको अध्यक्ष निर्वाचित भएपछि उनले उपाध्यक्ष बद्री घिमिरेलाई कार्यवाहक अध्यक्ष दिएका थिए । त्यसपछि संघ निष्कृय छ । संघको कार्यालयमा ताला लागेको छ भने नियमित साधारणसभा समेत भएको छैन । संघको खातामा रहेको डेढ लाख रुपैयाँ अनियमियतता भएको पत्ता लागेपनि कारवाही प्रक्रिया अघि बढेको छैन । संघले ०७१ फागुन १५ गते साधारणसभा गर्ने भन्दै ०७१ माघ मसान्तसम्म सदस्य लिन चाहानेलाई आवेदन खुल्ला गरेको थियो । तर, संघको विवाद सतह आएपछि विरोधी समहुले संघमा तालावन्दी गरेसँगै नयाँ सदस्यता वितरण र साधारणसभा समेत अनिश्चित भएको छ । स्रोतका अनुसार संघको खातामा रहेको एक लाख ४८ हजार ५ सय रुपैयाँ जयराम घिमिरेको नाममा ट्रान्सफर भएको देखिएपनि त्यसको प्रयोजन पदाधिकारीले खुलाउन सकेका छैनन् । संचालक समेत रहेका घिमिरेले अहिले पनि संघको रसिद दुरुपयोग गर्दै रकम उठाइरहेका बताइएको छ । आफैले सुरुवात गरेको संघको हालत किन यस्तो भन्ने वर्तमानको प्रश्नमा अध्यक्ष माधव दुलालले पछिल्लो समयमा चुनावका लागि मात्र संघको प्रयोग हुदा यस्तो अवस्था भएको बताए । जिल्ला संघकै भवनमा कृषि संघको कार्यालय रहेपनि विवाद मिलाउन र संघलाई सक्रिय बनाउन संघले कुनै भूमिका खेलेको छैंन । अध्यक्ष दुलाल भने संघलाई एक्टिभ बनाएर लैजाने प्रयास गरेको दावी गर्छन् । कार्यवाहक अध्यक्ष घिमिरे शिक्षक पेशामा कार्यरत छन् भने अनियमितताको आरोप लागेका संचालक घिमिरे कृषि मन्त्रालय अन्तर्गतको कार्यालयका जागिरे छन् ।

जिल्लामा सञ्चालन भएका सहकारी संस्थाहरु आर्थिक रुपले सक्षम नभएकाले पनि समस्या आएको संघका कार्यवाहक अध्यक्ष बद्री घिमिरेले बताए । कुनै गाउमा सञ्चालन छन कुनै लेटर प्याड नै नभएका छन् । संघमा आउने स्रोत भनेको संस्थाबाट ल्याउने हो, आउने बाटो नै नभए पछि संघ निस्कृय बस्नु स्वभाविक भएको उनको धारणा छ । प्राय कृषि सहकारी अनुदान पाउनकै लागि स्थापना भएका छन्–घिमिरेले भने,त्यही अबस्थामा संघको स्थापना भयो अहिले चल्न सक्ने हैसियतमा संघ छैन । घिमिरे भन्छन्, हामी संघका बिषयमा कुनै विवाद गर्ने पक्षमा छैनौ । अहिले सहकारीमा छिरेर राजनितिक गर्नेले संघका गतिविधीलाई गलत अर्थ लगाएर उचाल्न खोजेको उनले आरोप लगाए । लामो समय संघमा तालाबन्दी भएको छ, हिजो केही गर्छु भन्नेले नै बखेडा झिकेको घिमिरे बताउँछन् । सहकारी मापदण्डमा व्यवस्था भए अनुसार कुनै पनि सहकारी संस्था र संघ निस्कृय रहेको २ बर्ष पुगे त्यसलाई खारेजी गर्ने व्यवस्था छ । तर नियामक निकायले चासो नदिदा र राजनीतिक पहुच भएकाहरुको भ¥याङ सहकारीका संघ बन्दै गएको एक सहकारीकर्मीले आरोप लगाए । स्रोत : वर्तमान सहकारी मासिक

अभिलेख

लोकप्रिय