२१ कात्तिक २०८३, शनिवार

पूूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको बुधबार राति निधन

२०७२ वैशाख ३, बिहिबार
पूूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको बुधबार राति निधन

काठमाडौं । पूूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सुर्यबहादुर थापाको बुधबार राति निधन भएको छ ।

थापाको पेटको उपचारका क्रममा दिल्लीस्थित मेदान्ता अस्पतालमा ८८ वर्षको उमेरमा बुधबार राति एघार बजेर ४४ मिनटमा निधन भएको हो । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । शुक्रबार आन्द्राको सफल शल्यक्रिया भएको थियो । शल्यक्रिया पछि थापालार्इ थप १५ दिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका थिए ।

थापाको पार्थिव शरीर विहीबार अपरान्ह दिल्लीबाट काठमाडौं ल्याईने छ । मेदान्ता अस्पतालमा वरिष्ठ सर्जन आदर्श चौधरी नेतृत्वको टोलीले थापाको शल्यक्रिया गरेको थियो। थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए ।

अभिलेख

लोकप्रिय