नेपालका युवा प्रतिनिधिमण्डलको भारत भ्रमण
काठमाडौं । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको नेतृत्वमा ५० सदस्यीय टोलीले ३ देखि १० अप्रिल २०१५मा भारतको भ्रमण गरेको छ । टोलीले बैंगलोर, माइसोर, दिल्ली, आग्राको भ्रमण गरेको थियो । नेपालका माननीय युवा तथा खेलकुद मन्त्रीले भारतका समकक्षी युवा तथा खेलकुदमन्त्री सर्वानन्द सोनेवालसँग भेटी युवा तथा खेलकुद सम्बन्धि दुईपक्षीय सहकार्यका बारेमा छलफल गरेका थिए ।
भारतको सांस्कृतिक तथा सामाजिक विविधताबारे जानकारी लिने, नेपाल र भारतका सांस्कृतिक समानता र विविधता जान्ने हेतुले भ्रमण गरेको बताइएको छ । टोलीले राजघाट, हस्तकला संग्रहालय, डीएमआरसी संग्रहालय, कनाँट प्लेस, जन्तरमन्तर, इण्डिया गेट, लोटस टेम्पल, ताज महल, माइसोरस्थित टीपू सुल्तानको किल्ला, विप्रो, आईआईएम बैंगलोर, अक्षरधाम मन्दिर र अन्य स्थलहरुको भ्रमण गरेका थिए ।

भारत र नेपालबीच हालैमात्र युवा मामिलामा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस भ्रमणले नेपाल र भारतका जनताबीच सामिप्यता अभिवृद्धि गरी सामाजिक तथा सांस्कृतिक सम्बन्ध अझ घनिभूत गराउन सहयोग पुग्ने आशा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
