राष्ट्रिय सहकारी बैंकको प्रशिक्षक प्रशिक्षण तालिम
काठमाडौं । सहकारी बैंकको आयोजना र एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा संचालित सहकारी संस्थाका सञ्चालकको क्षमता अभिवृद्धि तथा सक्षम सहकारी ब्यबस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको दोस्रो दिन मंगलबार दुई चरणमा भएको छ ।
तालिमको पहिलो चरणमा सहभागीहरुलाई बैंकका संचालक तथा बैंकको शिक्षा तथा तालिम उपसमितिका संयोजक सरिता भट्टराईले वर्तमान समयमा बैंकको वित्तीय अवस्था, प्रभावकारिता र बैंकवाट आबद्ध सदस्य सहकारी संस्थाले कसरी लाभ प्राप्त गर्न सक्छन भन्ने वारेमा जानकारी गराइन । त्यस्तै बैंकले आफ्ना आबद्ध विभिन्न सदस्य सहकारी संघ संस्थाहरु लाई दिने तालिम कार्यक्रमकाे बारेमा पनि जानकारी गराएकी थिइन ।
उनीले आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न सदस्य सहकारी संघ/संस्थाको आवश्यकतालाई मध्यनजर गरी तालिम सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि बैंकले सदस्य सहकारीको आवश्यकताका आधारमा व्यावहारिक र प्रभावकारी अन्य थप तालिमहरु पनि सञ्चालन गर्ने कार्यक्रम रहेको बताइन ।
तालिम कार्यक्रमको दोस्रो चरणमा सहभागीहरुलाई तालिम पुर्व उपलब्ध गराइएको प्रि कोर्स वर्क बुक बारे सहभागीहरु छलफल गर्ने कार्यक्रम रहेको छ । तालिम कार्यक्रममा बैंकको शिक्षा तथा तालिम उपसमितिका सदस्य राजेन्द्र पौडेल र सदस्य सचिव एवम् बैंकका प्रबन्धक नवराज उपाध्याय ले सहजीकरण गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
