२१ कात्तिक २०८३, शनिवार

नयाँ वर्षमा राहत वितरण

२०७२ वैशाख १, मङ्गलबार
नयाँ वर्षमा राहत वितरण

पर्सा । नयाँ वर्ष २०७२ तथा ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विरगंज उपमहानगरपालीका–२ छपकैंया स्थित यतिम खाना दारुल यातमा ईस्लामिया (अनाथालय) मा विभिन्न सहकारीले राहत वितरण गरेको छ ।

अनाथालयमा रहेका बालबालीकाहरुलाई डिभिजन सहकारी कार्यालय पर्साका सहकारी अधिकृत राजु प्रसाद साहले राहत वितरण गरेका थिए । राहत वितरण गृहलक्ष्मी साकोसका प्रबन्धक रविभुषण श्रीवास्तव, महालक्ष्मी साकोसका प्रबन्धक जितेन्द्र वर्मा, आर्शिवाद साकोसका प्रबन्धक संतोष कर्ण, अनमोल साकोसका व्यवस्थापक साबीर अलि, गोल्डेन फयुचर साकोसका प्रबन्धक दीपक कुमार चौधरी, जन सरोकार साकोसका प्रबन्धक अरविन्द कुमार कर्णको साथै पत्रकारत्रहरुको सयुंक्त आयोजनामा भएको हो ।

कार्यक्रम अन्र्तगत १५ थान डनलप, १५ थान बेडसिट, १५ थान झुल, २ थान पंखाका साथै चाउचाउ तथा अन्य खाद्यन्न सामग्रीहरु वितरण गरिएको हो ।

अभिलेख

लोकप्रिय