मोबाइल एक्स्पोमाको पाँचौदिन सम्म ५ करोड ३० लाखको कारोबार
काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी मोबाइल एक्स्पोको पाँचौदिन सम्म ५ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ । ५ दिन सम्म ३ लाख ४५ हजार भन्दा बढी अबलोकनकर्ताले एक्स्पो अबधीमा अबलोकन गरेको मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए ।
नयाँ बर्षको दिन एक्स्पो अबलोकन गर्न आउनेको सँख्या ऐतिहासिक रहेको अध्यक्ष श्रेष्ठले बताए । नयाँ बर्षको दिन माइक्रोम्याक्स मोबाइलका प्रबद्र्धक नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर बसन्त रेग्मीले फ्यान सँग बलिङ गरेका थिए । यसैगरि रक ब्याण्डले नयाँ बर्षलाई मनोरंजनात्मक बनाउन आफ्ना प्रस्तुतीहरु दिएका थिए । उदेश एण्ड द ब्याण्डका गायक उदेश श्रेष्ठले यो जुनीमा, किन माया मा लगायत नयाँ तथा पुराना सदाबहार नेपाली गीतहरु गाएर दर्र्शकलाई नचाएका थिए । प्लेब्याक गायीका यनीश्रेष्ठले सेकेन्ड हेन्ड जबानी टाइटलको गोरे फिल्मको गीतहरु गाएकी थिइन ।
कलाकार, राजनैतिक नेता , ब्यबशायी, उच्च पदस्थ कर्मचारीहरुले एक्स्पो अबलोकन गरेका थिए । बिभिन्न मोबाइल कम्पनीहरुले मनोरंजनात्क कार्यक्रम राखी नयाँ बर्षलाई स्वागत गरेका छन् ।
एक्स्पोमा सामसुङ, माईक्रोम्याक्स, कलर्श, हुवावे, जियोनी, कार्बन लगायतका कम्पनीहरुका मोबाइल बढी बिक्री भएको बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिए । माइक्रोम्याक्स मोबाइलले अझै केहि दिनसम्म बसन्त रेग्मीसँग बलिङ गर्ने अबसर प्रदान गरिने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
